
बेलायती महारानी एलिजावेथ द्वितीयका कान्छा नाति प्रिन्स ह्यारीले चैत ७ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका हुन् ।
बेलायतको केन्सिङ्टन प्यालेसले बिहीबार ह्यारीको नेपाल भ्रमणको मितिबारे जानकारी दिएको हो ।
केन्सिङ्टन प्यालेसका अनुसार भ्रमणका क्रममा राजकुमार ह्यारीले गत वैशाखको विनाशकारी भूकम्पबाट पीडित भएकाहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल भ्रमणका क्रममा ह्यारीले पोखरामा रहेको गोर्खा सैनिक क्याम्पको पनि निरीक्षण भ्रमण गर्ने भएका छन् ।
केन्सिङ्टन प्यालेसका अनुसार भ्रमणका क्रममा राजकुमार ह्यारीले गत वैशाखको विनाशकारी भूकम्पबाट पीडित भएकाहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
Post a Comment