Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

काठमाडौं कांग्रेसमा सबुज बानियाँ निर्वाचित

काठमाडौं, फागुन ५ गते । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा सबुज बानियाँ निर्बाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी भिमसेनदास प्रधानलाई ९० मतअन्तरले हराउँदै बानियाँ सभापतिमा निर्बाचित हुनुभएको हो ।
बानियाँले ६५३ र प्रधानले ५६३ मत प्राप्त गर्नुभएको छ ।

Sabuj-Baniya

सचिव र कोषाध्यक्ष पदमा पनि बानियाँको प्यानल निर्बाचित भएको छ । सचिव पदमा निर्बाचित राजकुमार नकर्मीले ६६९ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले ४४२ र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका प्रणय सिंहले ९४ मत पाउनु भएको छ ।
यसैगरी कोषाध्यक्षमा बानियाँ प्यानलका गोविन्द पुडासैनीले ६४९ मत ल्याउँदै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नर्बदा पोख्रेलले ५४५ मत ल्याउनु भएको छ । ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget