Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कोशी अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकसित गरिने

विराटनगर, फागुन ४ गते । स्वास्थ्य मन्त्री रामजनम चौधरीले पूर्वाञ्चलको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको कोसी अस्पताललाई व्यवस्थित एवं गुणस्तरीय सेवा प्रदान गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।

koshi

मन्त्री चौधरीले स्वास्थ्यसेवाको गुणस्तर सुधार गर्दै गरिब तथा असहाय जनतालाई सहज रुपले सेवा प्रदान गर्नसमेत स्वस्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । अस्पताललाई चाहिने स्वास्थ्य उपकरण तथा अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि आफूले राजधानी पुगेलगत्तै अर्थ मन्त्रालयमा पहल गर्ने आश्वासन दिनुभएको छ ।
सोही अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रोशन पोखरेलले १६ वटा जिल्लालाई सेवा पुर्याउँदै आएको यस अस्पतालाई क्षेत्रीय अस्पतालको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । अस्पतालमा पर्याप्त बजेट, भौतिक पूर्वाधार निर्माण तथा खाली रहेका दरबन्दी स्वास्थ्य उपकरण तत्काल पूरा गर्नसमेत मन्त्री चौधरीलाई आग्रह गर्नुभएको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एकराज भट्टराईले अस्पताल सुधारमा केन्द्रित भएर आफूहरु लागिरहेको बताउनुभयो । ५० शैय्याबाट सुरु भएको सो अस्पतालमा अहिले साढे तीनसय शैय्यामा सञ्चालनमा छ । अस्पतालले अहिले क्यान्सरका बिरामीका लागिसमेत सेवा सञ्चालनमा ल्याएको छ । पूर्वाञ्चललगायत भारतको सीमावर्ती क्षेत्रका बासिन्दालाई समेत सेवा प्रदान गर्दै आएको अस्पतालले पर्याप्त बजेट नपाउँदा उपचार सेवालाई प्रभावकारी बनाउन सकेको छैन । अस्पतालमा ५३ जना दरबन्दी रहेकामा हाल ३३ जना डाक्टरमात्र कार्यरत छन् । यसलाई क्षेत्रीय अस्पतालका रुपमा स्तरोन्नति गरी सेवालाई प्रभावकारी बनाएमा पूर्वाञ्चलका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाउने छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget