Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पर्यटकीय आकर्षणको गन्तव्य बन्दै बल्थली

बनेपा, माघ १८ गते । तपाईं कहिल्यै बल्थली जानुभएको छ ? जान नपाउनु भएको छ भने एकपटक अवश्य बल्थली जानुहोला ।

balthali-village

पर्यटकीय आकर्षणको गन्तव्य बनेको बल्थलीमा पुग्दा जोसुकैलाई पनि रोमाञ्चित बनाउँछ । बल्थलीको उचाइमा रहेको डाँडाबाट आँखामा कैद हुने मनोरम दृश्यले सबैलाई लोभ्याएको हुन्छ ।

हरियाली डाँडापाखा, बेसीमा फलेका पहेलपुर सुन्तलाले त्यहाँको सौन्दर्यमा रौनकता त थपेको हुन्छ नै उचाइमा रहेको डाडाँमा बसेर ख्याकु गाउँलाई अवलोकन गर्दा फाँटमा रहेका टेरेश गराले मनलाई आनन्दित तुल्याउँछ ।

पर्यटनका अनेकौँ आधार तयार हुँदै गएका छन् र त्यसका लागि सम्भाव्यता समेत अध्ययन भएको छ । शुक्रबार मात्रै सञ्चालनमा आएको बल्थली माउन्टेन रिसोर्टका सञ्चालक मणि हुमागाईंले भन्नुभयो । काभ्रेपलाञ्चोकको बल्थली गाविस बनेपाबाट १३ किलोमिटर पूर्वी दक्षिणमा पर्छ ।

उहाँले कृषि, स्वास्थ्य लगायतको पर्यटन क्षेत्रमा बल्थली अग्रस्थानमा आउन सक्ने विश्लेषण गर्दै हाइकिङ, ट्रेकिङका लागि पनि बल्थली महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो ।

पर्यटनको क्षेत्रमा लामो समय अनुभव हासिल गर्नुभएका हुमागाईंले पर्यटकीय सम्भावना बोकेको बल्थलीलाई अझै बढी आकर्षक गन्तव्य बनाउन लगानी बढाउनुपर्ने उल्लेख गर्दै यहाँ वञ्जी बनाएर आकर्षण थप्न सकिन्छ भन्नुभयो ।

पत्रकार महेश पौडेलले बल्थलीमा आठ प्रकारका गुराँस पाइने जानकारी दिँदै बल्थलीबाट सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्न पाइने बताउनुभयो । उहाँले यहाँको सौन्दर्य टेरेश गरा र गणेश हिमाल लगायतका हिम शृङ्खलाको अवलोकन हो भन्नुभयो ।

सुविधासम्पन्न रिसोर्ट सञ्चालन

पर्यटकीय आकर्षणको गन्तव्य बनेको काभ्रेपलाञ्चोकको बल्थलीमा सुविधासम्पन्न नयाँ रिसोर्ट सञ्चालनमा आाएको छ । यसअघि त्यहाँ दुई रिसोर्ट सञ्चालनमा थिए । रु आठ करोडको लागतमा बल्थली माउन्टेन रिसोर्ट सञ्चालन भएपछि त्यहाँ सञ्चालन हुने रिसोर्टको सङ्ख्या तीन पुगेको छ ।

तीनजना सेयर सदस्य रहेको रिसोर्ट विदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको त्यसका सञ्चालक मणि हुमागाईंले जानकारी दिनुभयो । उहाँले यहाँ पर्यटनको प्रचुर सम्भावना भएकाले हामीले रिसोर्ट सञ्चालनको सोच बनाएका थियौँ भन्नुभयो । तीनवटा ब्लकमा १५ कोठा रहेको ब्लकमै तीनवटा सेमिनार हलसमेत उपलब्ध छ । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget