थोरै लगानीमा आकर्षक आम्दानी लिन सकिने ओखर खेतीतर्फ पछिल्लो समय जिल्लाका किसानको आकर्षण बढ्दै गएको पाइएको छ । अहिले जिल्लाको कोवाङसहित लेते, कुञ्जो, मार्फा र मुक्तिनाथ गाविसमा खेती विस्तार भएको जिल्ल कृषि कार्यालयका निमित्त प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।

“गतवर्ष ३०० मेट्रिक टन ओखर उत्पादन भएको थियो, अहिले पाँच प्रतिशत उत्पादन बढेको अनुमान गरेका छौँ” उहाँले भन्नुभयो । कोवाङ र टुकुचे गाविसमा यसको व्यावसायिक उत्पादन हुँदै आएको छ भने त्यहाँका किसानले गतवर्ष रु २० लाखको ओखर बिक्री गरेका थिए । किसानबाट व्यापारीले प्रतिकिलो रु ७०० मा किनेर बजारमा रु एक हजारसम्ममा बिक्री गर्छन ।
कोवाङमा व्यक्तिगत र टुकुचेमा सहकारीमार्फत ओखर खेती भइरहेको छ । जिल्लामा दाँते जातको ओखरको उत्पादन बढी हुने गरेको छ । जिल्लामा हेक्टरमा ओखर उत्पादन भइरहेको कार्यालयले जनाएको छ । “स्याउपछि ओखरको सम्भावना राम्रो छ, बजारमा यसको माग उच्च छ” निमित्त प्रमुख बोगटीले भन्नुभयो । रासस
Post a Comment