Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

डिगबहादुर लिम्बु नै विजय हुने देखियो संकेत

विराटनगर २३ माघ, नेपाली काग्रेस अहिले तेह्रौ महाधिवेशनको संघारमा छ । काग्रेसका कार्यकर्ता माझ आन्तरीक चुनावको सारगर्मी ह्वातै वढेर गएको छ । माघ २५ गते काग्रेसको जिल्ला अधिवेशन तोकिएको छ । काग्रेसको उर्भर भुमी मोरङ्ग यो वेला अछुतो रहने कुरै भएन । मोरङ्ग काग्रेसको जिल्ला अधिवेशन नजिकिदै गर्दा अवको जिल्ला नेतृत्व कस्ले समाल्ने भन्ने विषयमा हानथाप सुरु भइसकेको छ । निर्वतमान जिल्ला सभापती अमृत अर्याल नियमसंगत रुपमा अव सो पदमा रही नरहने भएकाले नयाँ अनुहार मोरङ्ग काग्रसमा आउने पक्का पक्की छ । dig
मोरङ्ग काग्रेसमा अहिले सम्म आएको नेतृत्व कोइराला परिवार वा उसको नजिकका मान्छे हरुकै हाली मुहाली छ । काग्रेसको जिल्ला अधिवेशन नजिकीए संगै अवको नेतृत्व कोइराला परिवार भन्दा फरकमा जानेमा काग्रेसका कार्यकर्ता शंशकित छन् । मोरङ्ग कागे्रसको नेतृत्व जसरी भए पनि कोइराला प्यानल अर्थात अहिलेको संस्थापन पक्षमा रहनु पर्नेमा केन्द्रिय तहका नेता समेत सहमतमा पुगेका छन् । कोइराला परिवारका शेखर कोइराला मात्रै होइन कुनै वेला देउवा का विश्वास पात्र वनेका मिनेन्द्र रिजाल पनि अहिले मोरङ्ग काग्रेसको नेतृत्व संस्थापनमै रहनु पर्छ भन्ने मा लविङ्ग गरिरहेका छन् । तर अहिले परिस्थीती फेरीएको छ । मोरङ्ग काग्रेसको नेतृत्व लिने संस्थापन पक्षवाट वलियो नेता को अभाव देखीएको छ । विश्वनाथ रिजाल र यदु विष्ट पर्दामा देखीए पनि यी २ मध्ये कस्लाई जिल्ला सभापतीको उम्मेद्धार वनाउने भन्ने ठोस निर्णय कोइराला पक्षले लिन सकेको छैन् । तत्कालीन जिल्ला सचिव वावुराजा ओझा माओवादीमा हान्निए पछि सचिवको एकलौटी जिम्वेवारी पाएका विष्ट कार्यकर्ता माझ केहि भिजेका भए पनि उनलाइ सभापतीमा रोक्न तिक्डम सुरु भएको छ । त्यसो त विश्वनाथ रिजाल पुराना नेता भए पनि कार्यकर्ता माझ भिज्न नसकेको आरोप लाग्ने गरेको छ ।
यता सभापति सबैभन्दा बलिया उम्मेद्धार डिग वहादुर लिम्वु भने जिल्लामा शक्तिशाली वनेका छन् । यदि कुनै कसरत भएन भने मोरङ्ग कागे्रसको नेतृत्वमा लिम्वु पुग्ने लगभग पक्का वनेको छ । उत्तरी मोरङ्गका लिम्वु सभापति वने विराटनगर वाहिर र कोइराला परिवार इतरका काग्रेस कार्यकर्ता जिल्ला सभापति हुने छ ।
मोरङका नौ वटा क्षेत्र मध्ये ७ वटामा चुनाव भएको छ भने ४ नंम्बर र ९ नंम्बर क्षेत्रमा सर्वसम्मत क्षेत्रिय समिती , महाधिबेशन र जिल्ला सदस्यहरु छनौट भएका छन् । ९ नंम्बर क्षेत्रमा संसद तथा जिल्ला सभापतीका सबभन्दा बलिया उमेदवार डिगबहादुर लिम्बुलाई चुनाव जिताउन सकारात्मक सन्देस प्रवाहा गर्न मोरङ क्षेत्र नं. ९ का सबै काग्रेसी एक जुट भएका हुन ।

मोरङ्गमा डिगवहादुर नै किन ?
मोरङ्गको उत्तरी क्षेत्र लेटाङ्गका वासिन्दा डिगवहादुर लिम्वु अहिले मोरङ्ग काग्रेसको सभापतिमा वलियो सम्भावना वोकेका नेता हुन । संसद समेत रहेका लिम्बुलाई जिल्ला नेतृत्वमा हेर्न चाहने कागेस कार्यकर्ता रहेका नै छ त्यो भन्दा नि काग्रेस इतरका को इच्छा रहेको छ । कुनै समय सामुदायीक वनको जिल्ला र केन्द्रीय नेतृत्वमा रहेका काम गरेका लिम्वु मोरङमा निक्कै लोकप्रिय मानिन्छन् । शिक्षण पेशा गर्दा गर्दै कागेसको राजनितीमा होमीएका उनी राजनितीलाइ समेत समाजसेवाका रुपमा लिएर गए । आफ्नौ पाटी र अन्य पाटीका नेताले धमाधम राजनिती लाई नै आधार वनाएर कमाउ धन्दा गरिरहदा लिम्वु भने भएको पैतृक सम्पती सकेर राजनिती गरिरहेका छन् । सुन्दा अनौठो लागे पनि यो वास्तविकता हो । भएको सरकारी जागिरलाइ तिलान्जली दिएर समाजसेवा गर्न हिडेका लिम्वु वास्तवमै नमुना राजनितीक कर्मी हुन भन्दा उपयुक्त हुन्छ ।
संविधान सभामा निर्वाचित भएपछि पाएको संसद विकाश कोषको रकम लाइ उत्तरी मोरङ्गमा समावेशी तवरले वितरण गरेर चर्चामा आएका लिम्वु आर्थिक हिसावमा पारदर्शी छन् । उनको यो कुराको अन्य राजनितीक दलकाले समेत प्रशसा गर्ने गर्दछन् ।dig2

सामुदायीक वनको नेतृत्वमा हुदा जनताका पक्षमा लविङ्ग गर्न उनी सधै तत्पर हुन्थे । उत्तरी मोरङ्ग कम्युनिष्टहरुको जग , पटक पटक सभाषद र संसद वनेका एमाले र माओवादीका नेताले केहि गर्न नसकेको अवस्थामा लिम्वुको आगमनले विकाशका लहर समेत अगाडी वडेका छन् । पछिल्लो उदाहरणमा लेटाङ्गको विकाशलाइ नजर लगाउन सकिन्छ । निक्कै पुरानो भएर पनि विकाशको ओझेलमा परेको लेटाङ्ग पछिल्लो समय विकाशको लहरमा अघि वडेको छ । सहरी खानेपानी र सडक विस्तारमा अघि वडे संगै उनको नेतृत्व र कार्यकुशलताको प्रससा गर्ने फ्यान वडेका छन् । लिम्वुलाइ युवाहरुको साथ छ भने युवाका काममा लिम्वुको सहयोग ।
काग्रेस कार्यकर्तालाइ त उनी संरक्षण गर्न सक्छन नै त्यो वाहेक इतरका समुदायमा समेत लिम्वमाु भिज्न सक्ने खुवि छ । आफ्ना लाइ मात्र होइन पराइलाइ पनि उत्तिकै स्पेश दिनु पर्छ भन्ने मान्यता लिम्वुमा छ ।

dig3

कुनै वेला काग्रेस प्रजातान्त्रीकका जिल्ला सभापति भै सकेको उनी पाटी एकिकरण पछि भने कोषाभाजनमा परे । तर पनि उनले हार खाएनन् । जिल्लाका युवालाइ परिचालन गर्न सक्ने खुवी भएकै कारण कम्युनिष्टकोे किल्लामा चारतारे झण्डा गाडन सके । एमालेका आफनौ ठाउका घनश्याम खतिवडालाई र माओवादी सचिव अनन्त लाई गत संविधान सभाको निर्वाचनमा पराजित गर्नु लिम्वुको व्याक्तीत्व को पनि कारण थियो । एमालेको किल्ला वाट काग्रेसमा भोट खसाउन सक्नु उनको आफ्नौ खुवि पनि हो ।

dig bdr limbu
मोरङ्गको ग्रामिण भेग वाट काग्रेसको जिल्ला नेतृत्वमा पुग्न अव केहि समय मात्र छ लिम्वुलाई ।
संयोग नै कस्तो परेको छ भने एक पटकको हारले अर्का पटक जितमा परिणत गरेको छ । पहिलो संविधान सभामा पराजीत वने पनि दोस्रोमा सानदार जित हासील गरेका छन उनले । अधिल्लो जिल्ला अधिवेशनमा अमृत अर्याल संग पराजित वने पनि यो अधिवेशनमा जित्ने पक्का पक्कि छ लिम्वुको ।

dig bdr limbu 1

कांगे्रसको जिल्ला नेतृत्वमा लिम्वुको खाचो छ । उर्जाशिल कार्यकर्तालाइ लिम्वु ‘पावर वुस्ट’वन्न सक्छन् । अवको नेतृत्व लिम्वुले लिए संगै चुनौती पनि धेरै छन ् । ति चुनौती पुरा गर्ने सामथ्र्य लिम्वुमा छ । प्रजातान्त्रीक सेनानीका छोरा जो वच्चा उमेर वाटै कागसको राजनीती वुझे उनलाई एक पटक मोरङ्ग काग्रेसको तालाचावि वुझाउन काग्रेसी कार्यकर्ता चुके भने पछि पछुताउनु को विकल्प छैन ।

अवको विकल्प के भन्ने विषयमा कागे्रसका कार्यकर्ताले सोच्नै पर्छ । त्यस कारण पनि लिम्वु निविकल्प काग्रेसको जिल्ला नेतृत्वमा पुग्नै पर्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget