Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मोर्चाको माग सम्बोधन गर्न छलफल सकारात्मक

काठमाडौँ, २९ माघ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न प्रमुख राजनीतिक दलसहित मोर्चासँगको बैठकमा सकारात्मक छलफल भएको छ । शीर्ष नेतासहितको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणअघि मुलुकको आन्तरिक समस्या समाधान गरेर जानुपर्नेमा दुबै पक्षका नेताहरुले जोड दिइएका छन् ।




[caption id="attachment_13747" align="alignnone" width="656"]download file photo[/caption]

प्रमुख तीन दलका शीर्ष नेतासहित तीन दलीय कार्यदल र आन्दोलनरत लोकतान्त्रिक मधेसी मोचाद्वारा गठित कार्यदलको संयुक्त बैठकमा नेताहरुले प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्दै यस्तो सुझाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबैतर्फका कार्यदलले मधेस आन्दोलनलगायतका समस्या समाधानका लागि सकारात्मक छलफल भएको नेपाली काँग्रेसका नेता महेश आचार्यले बताउनुभयो ।

“प्रमुख दल र मोर्चासँग हालसम्म भएका छलफलको प्रगति र असहमतिका विन्दुबाट छलफल सुरु भएको छ । चाँडै परिणाम देखिने गरी कार्यदलको छलफल अगाडि बढाउनेबारे छलफल भएको छ,” –उहाँले भन्नुभयो । मोर्चाको एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीको भारत भ्रमणलाई फलदायी बनाउन त्यसअघि मुलुकको आन्तरिक समस्या समाधान गरी जान आफूहरुको तर्फबाट सुझाव दिएको जानकारी दिनुभयो ।

समस्या समाधानका लागि दुबै तर्फले आन्तरिक तयारीका साथ शनिबार या आइतबार कार्यदलको बैठक बसी अन्तिम टुङ्गो लगाउने उहाँले उल्लेख गर्नुभयो । यसैबीच मोर्चाको माग अनुसार तीन महिनाभित्र प्रदेशको सिमाङ्कनको अध्ययन गरी सुझाव दिन राजनीतिक संयन्त्र बनाउने सम्बन्धमा आजै साँँझ बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget