Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कांग्रेस नेतामाथि गोली हान्ने दुई जना पक्राउ

जनकपुरधाम, २९ माघ । धनुषा जिल्लाको वीरेन्द्र बजारमा नेपाली कांँग्रेसका नेता नसिम राइनमाथि गोली हानेको घटनामा पक्राउ गरिएका दुई जनालाई प्रहरीले आज मुद्दा चलाएको छ ।

janakpur-locator-map-650x317

घटनामा संलग्न रहेको आशङ्कामा हिजो बिहीबार वीरेन्द्र बजारबाट प्रमोदकुमार पूर्वे र योगेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो ।

गत शनिबार बिहान करिब ८ बजे गणेशमान चारनाथ नगरपालिकाका बुथ प्रतिनिधि राइनमाथि वीरेन्द्र बजारमा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्नुपर्ने कारण हालसम्म खुल्न नसके पनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जोशीले बताउनुभयो ।

पिँठ्युमा गोली लागेका राइनको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडँौ लगिएको छ ।
धनुषाको बालाबाखरमा गोली प्रहारबाट हत्या गरिएका ५० वर्षीय नेकाका स्थानीय नेता राजेन्द्रप्रसाद यादवको हत्याको घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

नेका नेता यादवलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए। प्रहरी उपरीक्षक जोशीले यस घटनामा अनुसन्धन तीव्र पारिएको बताउनुभयो । यस घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गरिने उहाँले बताउनुभयो । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget