
नेपाल प्रेस युनियन मोरङद्वारा आज बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चार महिनादेखि नाकाबन्दीको अवस्था र भूकम्पपीडितको समस्यालाई समाधान गर्नुपर्ने समयमा सरकारलाई कमजोर बनाइयो भने मुलुकमा अन्योल छाउने स्पष्ट पार्नुभयो ।
उहाँले संविधानमा सबैको अधिकार सुनिश्चित गरिएको र वैवाहिक अङ्गीकृतलगायत नागरिकता सम्बन्धमा गरिएका व्यवस्थाको विषयमा उत्पन्न भ्रमलाई चिर्न नसकिएको बताउनुभयो ।
संविधान गतिशील दस्तावेज रहेकाले जनताको चाहना भएमा प्रदेशको सङ्ख्यामा बढोत्तरी हुन सक्ने उहाँको भनाइ थियो ।
पार्टीको १३औँ महाधिवेशनलाई वास्तवमै एकताको महाधिवेशन बनाउनुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले गुटबन्दीबाट माथि उठेर सक्षम व्यक्तिलाई उपयुक्त स्थानमा राख्नुपर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । पार्टीको विधान संशोधन भएर उपसभापतिको निर्वाचन भएमा सो पदमा वा महामन्त्रीमा आफू उठ्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
Post a Comment