Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

वलत्कारीलाई विश्वमा

 

बलात्कार अमानवीय अपराध हो । यसले पीडित पक्षको जीवनलाई पछिसम्म पनि अशर पार्छ । बलात्कार घट्नाका पीडितलाई, शारीरिक र मानसिक रुपले मात्र नभई सामाजिकरुपले पनि जीवन जिउन अप्ठ्यारो हुन्छ । यस्ता घट्नामा पीडितको कुनै दोष नभए पनि, समाजमा चेतना अभावका कारण पीडितले सामाजिक बहिष्कारसम्म सहनुपरेका उदाहरण छन् । विश्वका बिभिन्न देशमा, बलात्कारीका लागि भिन्ना भिन्नै कानुन र सजायको ब्यवस्था छ । जानौ, कुन देशमा बलात्कारीलाई के सजाय हुन्छ ?

भारत भारतमा, सन् २०१३ देखि बलात्कारसम्बन्धी कानुन परिमार्जन गरेको छ । बलात्कारीलाई १४ बर्ष या जन्मकैद सजायको ब्यवस्था छ । घट्नाको प्रकृति हेरी भारतले, दोषीलाई मृत्युदण्डसम्म दिन सक्ने प्राबधान बनाएको छ ।

चीन बलात्कारीलाई चीनमा, मृत्युदण्डको सजाय हुन्छ । बलात्कारसम्बन्धी चिनियाँ कानुन अन्य देशको तुलनामा कडा मानिन्छ ।

अफगानिस्तान अफगानिस्तानमा, बलात्कारीलाई कडा सजाय हुन्छ । यहाँ, चार दिनभित्रै दोषीलाई की त टाउकोमा गोली ठोकिन्छ । की त, मृत्युदण्ड दिईन्छ । यो अदालतको आदेशमा भर पर्छ ।

ईजिप्ट ईजिप्टमा, बलात्कारीलाई फाँसीको सजाय हुन्छ । ईजिप्टमा अहिले पनि सजायको यो पुरानो तरीका अपनाईन्छ । कतिपय देशले फाँसीलाई अमानवीय भनेका छन् । तर, बलात्कार घट्नाले बढावा नपाउन् भन्दै, ईजिप्टमा फाँसी सजायको ब्यवस्था कायमै छ ।

फ्रान्स फ्रान्समा, बलात्कारीलाई कुनै पनि हिसाबले उन्मुक्ति दिईँदैन । त्यहाँ घट्नाका दोषीलाई कम्तीमा १५ बर्षको जेल सजाय हुन्छ । घट्नाको प्रकृति र क्षति हेरी यो सजाय ३० बर्ष वा जन्मकैदसम्म पनि हुन सक्छ ।

ईजरायल ईजरायलमा, बलात्कारीलाई १६ बर्षको जेल सजाय हुन्छ । यहाँ पनि घट्नाको प्रकृति र क्षति हेरी जन्मकैद सजाय हुन सक्छ । ईजरायलमा, यौन शोषणका कुनै पनि घट्नाका दोषीले पनि यही सजाय पाउँछन् ।

नर्वे कुनै पनि यौन क्रियाकलापमा, दुबै पक्षको सहमती छैन भने, नर्वेमा त्यसलाई बलात्कार मानिन्छ । बलात्कारमा संलग्नलाई, ४ देखि १५ बर्षसम्मको कैद सजाय हुन्छ । सजाय, घट्नाको प्रकृति र क्षति हेरी निर्धारण गरिन्छ ।

अमेरीका अमेरीकामा, बलात्कारीलाई दुई खाले कानुन छ । राज्य कानुन र संघिय कानुन । यहाँ, बलात्कारको प्रकति र क्षति हेरी जन्मकैदसम्मको सजाय हुनसक्छ ।

रुस अन्य देशको तुलनामा, रुसमा बलात्कारीका लागि बनाईएको कानुन खुकुलो छ । बलात्कारीले ३ देखि ६ बर्ष जेलमा बिताएपछि उन्मुक्ति पाउँछ । तर, पीडितमा धेरै क्षति पुगेको छ भने जेल सजाय १० देखि २० बर्षसम्म लम्बिन सक्छ ।

उत्तर कोरिया उत्तर कोरियामा बलात्कारीलाई गोली ठोकी मारिन्छ । यहाँ, बलात्कारसम्बन्धी स्पष्ट कानुन छैन । तर, दोषीलाई सामान्यतया, गोली ठोकी मारिन्छ ।

साउदी अरब साउदी अरबमा, बलात्कारीलाई कडा सजायको ब्यवस्था छ । बलात्कारका दोषीलाई यहाँ, सार्वजनिक ठाउँमा लगी टाउको काटिन्छ ।

ईरान ईरानमा, बलात्कारीलाई मृत्युदण्ड दिईन्छ । त्यहाँ बलात्कारीलाई की त ढुङ्गा हानी मारिन्छ । की त, फाँसीमा झुण्ड्याईन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget