
पुस १९, एजेन्सी ।
साउदी अरव सरकारले एक धर्मगुरुलाई मृत्यु दण्ड दिएपछि विश्वभरका शिया समुदाय आक्रोशीत भएका छन् । साउदी अरब सरकारले धर्मगुरु शेख निम्र अल निम्रलाई मृत्युदण्ड दिएपछि सिया बाहुल इरानले कडा आलेचना गरेको छ भने अन्य स्थानमा पनि प्रदर्शन भएका छन् । इरानस्थित साउदी अरबको दुतावासमा हिंसात्मक प्रदर्शन गरेका भएको । धर्मगुरु निम्र चरमपंथी संगठनसँग आबद्व रहेको भन्दै साउदी सरकारले अन्य ४६ जना सहित उनलाई हिजो फाँसी दिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फाँसी दिए लगत्तै इरानले यसको विरोध गर्दै साउदी अरबले कडा मुल्य चुकाउनु पर्ने बताएको छ ।
Post a Comment