जुम्ला, १९ पुस । जुम्लाका तीन गाविसलाई उच्च विपत् जोखिम गाविसमा छनोट गरिएको छ । जिल्ला दैवी प्रकोप तथा विपत् व्यवस्थापन समितिले छुमचौर, गज्र्याङ्कोट र कालिकाखेतु गाविसलाई उच्च विपत् जोखिममा छनौट गरेको हो । तीनवटै गाविसमा सरकारी तथा गैरसरकारी कार्यालयको सहकार्यमा भावी दिनमा आइपर्ने विपत् जोखिम कम गर्न विशेष प्राथमिकता दिने निर्णय गरेको छ । समितिले जलवायु परिवर्तनबाट परेको प्रभाव मूल्याङ्कन गर्ने र ती गाविसमा कार्यक्रम गर्न गराउन पहल गर्नेछ ।

मानवीय तथा भौतिक क्षति हुन नदिन विपत् प्रतिकार्यका गतिविधि सञ्चालन गर्न लगाउने निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
विपत् जोखिम गाविसमा हुने खडेरी, भूक्षय, बाढी, भूकम्पलगायतका प्राकृतिक विपत् कम गराउन सरोकारवालाहरुको प्रत्यक्ष अनुगमनले सरकारी तथा गैरसरकारी निकायलाई त्यहीअनुरुपको कार्यक्रम र योजना बनाउन सहयोग पु¥याउने देखिन्छ । जुम्लामा विपत् जोखिमका हिसाबले कुडारी, तातोपानी, घोडेमहादेव बुम्रमाडीचौर पनि पछि छैनन् ।
Post a Comment