Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एमाओवादी पाल्पाको अध्यक्षमा पाण्डे

पाल्पा, ९ माघ । एकीकृत नेकपा (माओवादी) पाल्पा जिल्ला अध्यक्षमा नेत्रप्रसाद पाण्डे चयन हुनुभएको छ । maobadi flag

एमाओवादीका जिल्ला अध्यक्ष वसन्त शर्मा (कुशल)ले अध्यक्ष पदबाट राजीनामा दिएपछि जिल्ला उपाध्यक्ष पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

त्यसैगरी, जिल्ला सदस्य राजेन्द्र विश्वकर्मालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ भने अर्का सदस्य चक्रव्यूह थापालाई प्रदेश नम्बर ५ को सदस्यका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

एमाओवादी पाल्पाले पहिलो चरणमा माघ, फागुन र चैतसम्म तीन महिने पार्टी पुनःनिर्माण अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । पार्टी पुनःनिर्माण अभियानका क्रममा गाउँ, नगर, जिल्ला तथा जनवर्गीय सङ्गठनका प्रमुखसँग अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम गरिनेछ ।

फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने र सहिद सप्ताहका सिलसिलामा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget