Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संवाद सहजीकरण टोली गठन

विराटनगर, ९ माघ । मोरङको रङ्गेलीमा बिहीबार भएको घटनामाथि समीक्षा गर्न जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न हरतरहका प्रयास गर्ने सहमति गरेको छ ।

बैठकका सहभागीले सांसद शिवकुमार मण्डलको संयोजकत्वमा संवाद र सहजीकरण टोलीको गठन पनि गरेको छ ।

उक्त टोली रङ्गेलीमा सामाजिक सद्भाव बिथोल्न नदिन र पीडित पक्षसँग सम्पर्क गरेर वातावरण सहज बनाउन प्रयासरत रहने सहायक प्रजिअ एकदेव अधिकारीले जानकारी गराउनुभयो ।

उक्त सर्वदलीय बैठकमा प्रजिअ तोयम राय, सांसद अमृत अर्याल, पवन शारडा, शिवशङ्कर मण्डल, नेकपा (एमाले) मोरङका अध्यक्ष महेश रेग्मी, नेकपा (एमाओवादी)का जिल्ला अध्यक्ष गोपी अछामीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै नागरिक समाजका अगुवाको उपस्थिति थियो ।

शुक्रबारै सांसद मण्डलका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहायक प्रजिअ र प्रहरी नायब उपरीक्षक प्रमोद खरेल सम्मिलित टोली रङ्गेली पुगेर पीडित पक्षसँग भेटघाट गरेको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget