Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संविधान बुझाउन जनताका घरदैलामा पुग्नुपर्ने

विराटनगर, १९ पुस । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राष्ट्र निर्माणमा केन्द्रित भएर जवाफदेहितासहित सुशासनका साथै आर्थिक विकास सरकारको मुख्य कार्य सूची रहेको बताउनुभएको छ ।

‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि, अबको लक्ष्य राष्ट्रिय एकताको समृद्धि’ मुख्य नाराका साथ यहाँ आजदेखि आयोजित नेकपा (एमाले) अञ्चलस्तरीय दुईदिने कार्यकर्ता भेलाको समापनका अवसरमा एमाले वैकल्पिक पोलिटब्युरो सदस्य राईले यो संविधानमा जनताको अपनत्वको भावना जागृत गराउन एमालेका कार्यकर्तालाई राष्ट्रिय अभियानका रुपमा कार्यक्रम लिएर घरदैलोमा पुग्न आग्रह गर्नुभयो ।

भूकम्पका कारण सिर्जित समस्या समाधान गर्न सरकारले युद्धस्तरमा काम गर्ने नीति बनाएको बताउँदै सरकारका प्रवक्ता राईले सार्वजनिक, प्रशासनिक र विकास निर्माणको काम गर्नका लागि सरकारले दुईवर्षीय कार्यनीतिसमेत सार्वजनिक गरेको जानकारी गराउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget