
पुस १८, एजेन्सी ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले बन्दुकबाट हुने हिंसा अन्त्यका लागि विशेष योजना ल्याउने बताउनुभएको छ । उहाँले बन्दुकको खुल्ला बिक्री बितरणमा कडाइ गर्ने तयारी भएको उल्लेख गर्नु भयो । नया वर्षमा सम्बोधन गर्दै राष्ट्रपति ओवामाले बन्दुकबाट हुने हिंसा अन्त्यको पहलका लागि महान्यायाधिवक्तासंग कुरा गर्ने बताउनुभयो ।
अमेरिकामा हुने धेरैजसो हिंसा लाईसेन्स प्राप्त बन्दूक प्रयोग गर्नेबाट हुने भन्दै राष्ट्रपति ओवामाले त्यसविरुद्धको कदम चाल्न लाग्नुभएको बीबीसीले जनाएको छ । बन्दुक प्रयोगमा कटौती गर्ने सम्वन्धी प्रस्तावलाई अमेरिकी कंग्रेसले पारित नगरेपछि राष्ट्रपति ओवामाले आफ्नो कार्यकारी शक्ती प्रयोग गर्न लाग्नु भएको हो ।
Post a Comment