Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नाटक घर बनाउदैँ ख्यापा नाट्य समुह ,,फोटो

DSC08636
काठमाडौं– नयाँबस्तीको सर्वेस्वर महादेव मन्दिर नजिक केहि मान्छेहरु ज्यामी काम गरिरहेका छन् भने कोही बाँसको उक्लीने ठाउँ बनाइरहेका छन् । कोही किला ठोक्न ब्यस्त देखिएका छन् । विहानै देखी कोही बाँस काट्ने, कोही सिमेन्टी घोलेर ल्पस्टर गर्ने काम गरिरहेका छन् । त्यस वरपरका वासिन्दा निकैे चकित परेका छन् । वास्तवमा उनिहरु अरु कसैको घर,वा अरु कुनै मान्छेका लागी ज्याला लिएर काम गरेका भने होइनन् । ति काम गर्ने सम्पुर्ण मान्छेहरु नाट्य क्षेत्रका कलाकारहरु हुन् ।

ख्यापा नाट्य समुहका कलाकारहरु आफ्नो नाटक देखाउने हल निर्माणमा केहि महिना देखी लागीपरेका छन् । ख्यापा नाट्य समुह भर्खरै स्थापना भएको नाट्य संस्था भए पनि कलाकारहरु भने पुरानै छन् । करिव तिन महिना देखी काम थालेका उनिहरुले आधाआधि सिध्याईसकेका छन् । लाईट र डेकुरेशनको काम बाँकी रहेको कलाकार अनिष न्यौपानेले बताए । आफ्नो स्थापनाकाल बाटै ख्यापा नाट्य समुहले थिएटर बनाउन शुरु गरको छ । ख्यापा नाट्य समुहका कलाकारहरु आफ्नै पैसा उठाएर उक्त नाटक घर निर्माण गर्न थालेका हुन् ।

DSC08665

नेपालमा नाटक घर बन्ने क्रम यति बेला बढिरहेका छ । त्यसैले पनि यस्ता नाटकघर बन्नु नेपाली रंगमञ्चमा निकै महत्व काम मान्नु पर्दछ । तीन महिनासम्ममा थिएटर तयार बनाउने लक्ष्य बनाएका थियौँ तर सकेनौ निर्देशक तथा कलाकार प्रदिप खड्गी (पासा)ले बताए । नाटक घर बनाउने काम सजिलो छैन तर हामीले कुनै पनि कामदार नराखी हामी आफैँ जुटेका हौँ अर्का कलाकार प्रदिप नेपाल भने ।
पत्रकारिता विषयमा स्नातक गरेका तथा गीतकार भोला अधिकारी पनि यस नाट्य सस्थामा आवद्ध रहेका छन् । निकै समय देखी भोला पनि नाटक क्षेत्रमै जम्ने प्रयास गरिरहेका कलाकार हुन् । नयाँ बस्तीमा नाटक घर बनाउँदा यस क्षेत्रका साथै गोठाटार,मुलपानी,जोरपाटी लगाएतका नाटक हेर्न जान नपाउने नाटक पे्रमीका लागी उपयुत्त ठाउँ हुन सक्ने भोलाको अनुमान छ । यस नाटक घरमा साहित्यका सम्पुर्ण विधालाई प्राथमिकताका साथ प्रस्तुत गरिने पनि भोलाले जानकारी दिए ।
यस नाट्य समुहमा प्रदिप खड्गी(पासा),नारायण नेपाल,अनिश न्यौपाने,बद्री लामा,सम्झना मगर, माया तामाङ,प्रदिप नेपाल,प्रविन खड्गी,राजन थापा,उमा तामाङ,शिवानी बोहोरा,साबित्री मगर,रोशनी सापकोटा, सुशान्त तामाङका अलवा भोला अधिकारी रहेका छन् ।


DSC08398

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget