Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

इटहरीलाई नचिन्ने सायद नेपाली कमैै होलान्

dating

सुप्रिया राई
इटहरी÷ पुर्वको केन्द्रविन्दुको रुपमा चिरपरिचित सुनसरी जिल्लाको इटहरीलाई नचिन्ने सायद नेपाली कमैै होलान् । यति हुदाहुदै पनि पुर्वकै विकासोन्मुख ईटहरी उपमहानगरपालिकामा भने पार्कको अभावले युवायुवतीहरु डेटिङको लागि अन्यत्र जाने योजना वनाईरहेका छन् । पहिला पनि इटहरीका युवायुवतीहरु आफ्नो प्रेम साटासाट गर्नको लागी उचित ठाँउ नपाएर खेतका आलीमा वसीरहेको अवस्थामा धेरैले देखेका छन् । कति युवायुवतिहरु आफ्नो प्रेम साट्नको लागि उपयुक्त ठाँउ नपाएर होटलमावसीरहेको अवस्थामा प्रहरीको फन्दामा परेको पनि धेरै सुन्नमा आइरहेको छ । त्यसो त मायाँ प्रेम भन्ने शव्द सुन्दानै अति प्यारो र राम्रो लाग्छ किनकी यो उमेर मा लगाइने मायाँको महत्व नै वेग्लै हुन्छ । भगवन श्रीकृष्ण राधा,रोमीयो जुलियट, मुना मदन, जस्ताप्रेमीहरुको आज पनि गुनगान मानिसहरुले गरीएरहेका छन् । त्यो उदाहारण हेरेर पनि आजको युवायुवतिहरुको आवस्यकतालाई ध्यानमा राखेर इटहरीमा एउटा डेटिङ स्पोर्ट वनाउन आवस्यक छ । हरेक कुराको सही तरीकाले प्रयोग गर्न जाने मात्र सही प्ररीणाम पाइन्छ । यदि इटहरीमा एउटा राम्रो पार्क भइदिएको भए युवायुवती हरु खुलेर आफ्नो मनका कुरा साटासाट गर्न सक्थे साथै विकृती पनि वड्ने थिएन , इटहरी ५ का स्थानीय महिला शान्ती मगर आफु डीउटी वाट साझमा घर फर्कीने क्रममा युवा युवतीहरु वाटोका गल्लीहरुमा वसिरहेको अवस्थामा धेरै पटक देखेको सुनाउनु हुन्छ । यदि यहाँ नजीकै डेटिङ स्पोर्ट भएको भए आजका युवयुवतीहरु यसरी गल्ली तिर डराइ डराइ वस्ने अवस्था आउने थिएन होला भन्नु हुन्छ कर्मचारी समेत रहेकी मगर । इटहरीका अर्का स्थानिय भुपाल राई आफुलाई मर्निङवाक गर्नकोलागि उचित र निस्चित ठाँउ नभएको भुपु आर्मी समेत रहेका राई गुनासो गर्नुहुन्छ । मनिङवाक गर्ने क्रममा वाटो साघुरो हुने साथै दुर्घटना वड्ने सम्भावना पनि वढी हुन्छ । इटहरीलाई पुर्वको व्यापारीक केन्द्र विन्दुको रुपमा पनि मानिसहरुले चिन्दै आइरहेको अवस्थामा यस ठाँउमा एउटा सुन्दर पार्क हुनुपर्ने धराणा ईटहरीवासीको छ । यहि विषयलाई लिएर इटहरी उपमहानगरपालीकाका इन्जिनियर जर्नुन दाहाललाई प्रस्न गर्दा ईटहरीमा पार्क को आवस्यकलाई ध्यानमा दिएर तालतलैयामा आवस्यकता अनुसारको विकास निमार्ण का कामहरु गर्दैै लैजाने साथै इटहरी ५ स्थित रहेको काभ्रेवाटिका लाई पनि व्यवस्थीत गर्दै लैजाने योजना मा रहेको जानकारी गराए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget