
आउदो पुस १५ गते बाट सुरु भई २४ गते सम्म हुने मेलामा विभिन्न स्थानिय उत्पादन तथा प्रवद्र्धनात्मक सामाग्रीको ५० वटा स्टल रहने जनाईएको छ ।मेला आयोजक बेलबारी युनेस्को केन्द्र बेलबारीका अध्यक्ष दिनेश गिरीका अनुसार मेलाबाट करिव ४५ लाख आम्दानी हुनेछ भने ३० लाख खर्च हुने छ । मेलामा कृषि उपज, स्थानिय उद्योगका उत्पादन ,खाद्य सामाग्री , पर्यटकीय स्थानको परिचय गराउने तथा पर्यटन पर्वद्धानात्मक गर्ने खालका ५० वटा स्टलहरु रहने छन् ।
मेलालाई भव्यता दिन दैनिक राष्टिय कलाकारहरु दीपक लिम्बु , अञ्जु पन्त , निमा रुम्बा , राजेशपायल राई , प्रमोद खरेल , ईन्दीरा जोसी ,जोती मगर ,मिलन अमात्य , शिव परियार , दीपकराज गिरी , दिपाश्री निरौला ,लगायत थुप्रै राष्टिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजक केन्द्रका अध्यक्ष गिरीले बताउनुभएको छ ।
Post a Comment