विराटनगर १६ पुष । नेपाल महिला संघले कोशि अञ्चल स्तरिय महिलाहरुको भेला गर्ने भएको छ । भोली विराटनगरमा हुने भेलामा पार्टीका हरेक निकायमा महिलाको ३३ प्रतिसत आरक्षणको ग्यारेन्टीका लागि विधानमा ब्यवस्था गर्न दवाव दिने लगायतका विषयमा छलफल हुने संघले जनाएको छ ।

संघकी अध्यक्ष डा. डिला संग्रौलाले पाटीको १३ औ महाधिबेशनलाई लक्षित गरि नेतृत्व तहमा महिलाको प्रतिनिधित्व सुनिश्चितताका लागि दवाव दिन चहाएको र त्यसकै लागि भेला आयोजना गरिएको बताउनुभयो ।
भेलामा पाटीका बरिस्ठ नेता शेरबहादुर देउवा , केन्द्रीय सदस्य डा. शेखर कोईराला, ज्ञानेन्द्रबहादुर कार्की,चन्द्र भन्डारी , लगायतका नेताहरुले सम्बोधन गर्ने बताईएको छ ।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिईएको हो ।पत्रकार सम्मेलनमा सांसद डिगबहादुर लिम्बु ,महिला संघकी मोरङ अध्यक्ष शान्ता पौडेल ,सचिव प्रमिला थापा, सदस्य विजयता अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
Post a Comment