
कार्यक्रममा बोल्दै सांसद गच्छदारले पत्रकार तथा संचार माध्यम विना समाज अपाङ हुने भन्दै पत्रकारको क्षमता अभिवृद्धी गरी दक्ष र यथार्तपरक समाचार सम्प्रेषण भएमात्र जनता सहि रुपमा सुसुचित हुने बताउनुभयो । सञ्चार क्षेत्र लोकतन्त्रबादीहरुको जग भएकाले यसलाई सम्पुर्ण लोकतन्त्रबादीहरुले संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो । सांसद गच्छदारले संविधान परिवर्तनशिल भएकाले आवश्यकता अनुरुप जुनसुकैबेला परिवर्तन गर्न सकिने भएकाले आन्दोलनरत पक्षहरुलाई हिंंसात्मक आन्दोलन नगर्न र शान्तीपुर्ण रुपमा वार्ता ,संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सांसद मधु गुरुङ ,नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट ,न्युनतम पारिश्रमिक तलव निर्धारण समितीका सदस्य एबं प्रेस युनियनका पुर्वाञ्चल संयोजक लिलाबल्लब घिमिरे ,उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुबेदी , आदिबासी जनजाती महासंघ बेलबारीका अध्यक्ष तिलक राई , बेलबारी नगर विकास संयोजक पर्शुराम सुबेदी लगायतले मेलाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
पुष २४ गते सम्म बेलबारी नगरपालिका ३ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यलय नजिकै सञ्चालन हुने मेलामा विभिन्न स्थानिय उत्पादनका बस्तुहरु तथा प्रवद्र्धनात्मक सामाग्रीहरका ५० स्टलहरु रहने मेलाका संयोजक भोजराज बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार मेलाबाट ४५ लाखको आम्दानी हुने छ भने ३० लाख खर्च हुने अनुमान गरिएको छ । युनेस्को केन्द्र बेलबारीका अध्यक्ष दिनेश गिरीले मेलामा कृर्षी उपज , स्थानिय उद्योगका उत्पादन , खाद्यन्न सामाग्री , होटल , बाल उद्यानका समाग्री , पर्यटकीय स्थानको परिचय गराउने तथा पर्यटन प्रबर्धनात्मक गर्ने खालका ५० वटा स्टलहरु रहने बताउनुभयो ।
त्यसका साथै मेलामा दैनिक राष्टिय कलाकारहरु दिपक लिम्बु, अन्जु पन्त , निमा रुम्बा,राजेशपायल राई प्रमोद खरेल ,ईन्दिरा जोशी ,ज्योती मगर ,मिलन अमात्य ,शिव परियार , दिपक गिरी ,दिपाश्री निरौला लगायतका कलाकारहरुको मनोरञ्जानात्मक प्रस्तुती साथै धरानको गरिमा डान्स सेन्टर लगायत स्थानिय डान्स सेन्टर तथा अन्य कलाकारहरुको विभिन्न प्रस्तुती समेत रहेको आयोजक संस्थाका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
Post a Comment