Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कोचरको मृत्यु शंकास्पद बन्दै

विराटनगर १० पुष । विष सेवन गरेर आत्महत्या गरेको भनिएकी विराटनगर ४ की ३० वर्षीय अनु कोचरको मृत्यु शंकास्पद बन्दै गएको छ । गहुँमा प्रयोग हुने विषादी सेवनबाट उनको मृत्यु भएको भनिए पनि घटना शंकास्पद बन्दै गएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

अनुका माइती पक्षकाले विषादी खुवाएर हत्या गरेको दावी गरेपछि र प्रारम्भीक अनुसन्धान सुरु गरेपछि प्रहरीले घटना शंकास्पद बन्दै गएको जनाएको छ । अनुका भाई शुनिल वेगवानीले विष सेवन गरेर दिदीले आत्महत्या गर्नु पर्ने कुनै कारण नरहेको बताउनु भयो । ‘यस अघिदेखिनै पारिवारिक रुपमा दिदीलाई धेरै तनाव थियो,’ वेगवानीले भन्नु भयो, ‘विभिन्न खालका यातना दिने, कुटपिट गर्ने र तल्लो स्तरको व्यवहार गर्ने काम हुँदै आएको थियो ।’

श्रीमान सन्दीप कोचर लगायत परिवारका अन्य सदस्यले बारम्बार विभिन्न खालका तनावहरु दिने काम गरेको अनुका माइती पक्षको दावी छ । विष सेवन गरेर सिकिस्त बनेकी अनुलाई आफन्तले विहिवार विहान १ः४५ बजे उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा पु¥याएका थिए । तर अनुको मोवाइलबाट भाई शुनिलको भाईबरमा १ बजेर ५४ मिनेटमा गएको म्यासेजका कारणले पनि घटना शंकास्पद बन्दै गएको प्रहरीले जनाएको छ ।

‘विष सेवन गरेर बोल्नै नसक्ने अवस्थामा १ः४५ बजे अस्पताल पु¥याएको मान्छेले कसरी १ः ५४ मा म्यासेज गर्न सक्छ,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले भन्नु भयो, ‘यो घटनाले धेरै आशंकाहरु जन्माएका छन् । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।’ खरेलले शवको पोष्टमार्टम रिपोर्ट र प्रहरीले तयार पारेको घटना स्थलको मुचुल्काका आधारमा घटनाको अनुसन्धान गरेर वास्तविकता पत्ता लगाइने बताउनु भयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget