
जिल्ला प्रशासन कार्यालय मोरङमा निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको अध्यक्षता सरोकारवालाहरुसंग भएको छलफलमा निजका बुबा गणेश अधिकारी अस्पतालले लापरवाही गर्दा मृत्यु भएको बताउनुभयो । मृतकका बुबा गणेश अधिकारीले कोशी अञ्चल अस्पतालका डाक्टरहरुको लापर्वाही र मानवीय समवेदना नभएका कारण आफ्नी छोरीको मृत्यु भएको आरोप लगाउनुभयो । कोशी अञ्चल अस्पतालमा अप्रेशन पश्चात पोस्टअफ वार्डमा नराखी डाइरेक्ट नर्मल वार्डमा राख्ने गरिएको पनि सहभागीहरुले बताएका थिए । आफ्नी छोरीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा मात्रा भेन्टिलेटर बिग्रेको थाहा पाएको पनि उहाँले बताउनुभयो । समयमा डाक्टरहरु नआउने, एउटा डाक्टरले गर्ने भनिएको अप्रेशनमा अर्कोले गर्ने गरेको कार्यक्रममा मृतकका आफन्तहरुले बताएका हुन ।
उता उपचारमा संलग्न सर्जन डाक्टर सुनिलचन्द्र अधिकारी, डाक्टर नारायण बस्नेत, कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेल लगायतका डाक्टरहरुले अप्रेशन गर्दा बिरामीहरुको अवस्था सामान्य रहेको र सेफ्टीसेमियाका कारण मृत्यु भएको दाबी गरे ।
यता मोरङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले छानबिन समिति गठन गर्ने र यदि लापर्वाही भएको पाएमा कार्वाही गर्ने बताउनुभयो । छलफलमा उपभोक्तावादी संगठनका प्रतिनिधि, राजनीतिक दलका प्रतिनीधी, नागरिक समुह , पत्रकार लगायतको सहभागीता थियो ।
Post a Comment