Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

महिलाको पहिलो रोजाइमा लजालु पुरुषहरुको शुक्रकिट

Womenसूचना प्रविधिको आजको युगमा हरेक चिज अनलाइन बजारमै उपलब्ध छन् । क्लिक गरेको भरमा चाहेको कुरा पाउन सकिने जमाना आइसक्यो । मोबाइल, ट्याब, फर्निचर, खानेकुरा, लत्ताकपडा त सामान्य भैसक्यो । इन्टरनेटको बजारमा शुक्रकिट समेत उपलब्ध हुन थालेको छ । इन्टरनेटमै शुक्रकिटको उपलब्धताले होला शुक्रकिट प्रति महिलाको छनौटको अधिकार पनि विस्तार भएको छ र रुची पनि बदलिएको छ । एक अध्ययन अनुसार महिलाहरुले ज्ञानी, स्मार्ट तथा लजालु पुरुषको शुक्रकिटलाई पहिलो रोजाइमा पार्दछन् ।


क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी तथा एक अनलाइन शुक्रकिट ब्यांकद्वारा गरिएको अध्ययनबाट यस्तो खुलासा भएको हो । अध्ययन अनुसार महिलाहरुको पहिलो रोजाइमा यस्ता पुरुषको शुक्रकिट पर्दछ जो बुद्धिमान हुन्छ, लजालु हुन्छ, ठण्डा दिमागले चिन्तन मनन गर्न सक्छ र छिटो रिसाउँदैन ।

शोधकता प्रोफेसर स्टिफेन व्हाइटका अनुसार स्पर्म ब्यांकमा शुक्रकिट दान गर्नका लागि आउने पुरुषहरु मध्ये लजालु पुरुषहरुको माग सबैभन्दा बढि छ ।

यो अध्ययन २३ देखि ६६ वर्ष उमेर समूहका व्यक्तिहरुमा गरिएको थियो । अनलाइन सर्भेका क्रममा समाजको मतलब नराख्ने तथा स्वार्थी र रिसाहा पुरुषहरुको शुक्रकिट लिन महिलाहरुले ठाडै अस्विकार गर्ने गरेको पाइयो । अध्ययनका क्रममा अस्ट्रेलिया, क्यानडा, बेलायत, इटाली, स्विडेन तथा अमेरिकाका महिलाहरुलाई सहभागी गराइएको थियो ।

एजेन्सीको सहयोगमा

 

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget