Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तुवाँलोसँगै बढ्यो कण्डमको माग






तुवाँलोसँगै बढ्यो कण्डमको माग

चीनको राजधानी बेइजिंगमा वायु प्रदुषणको मात्रा अत्यन्तै बढेसँगै त्यहाँ रेड अलर्ट जारी गरिएको छ । त्यो सँगै प्रशासनले मानिसरुलाई घरबाहिर सकेसम्म ननिस्कन आग्रह गरेको छ । पूरै सहरको धुलोयुक्त तुवाँलोले ढाकिएको छ । यस्तो अवस्थामा मानिसहरु मास्क तथा हावा शुद्धिकरण गर्ने एयर प्युरिफायर किन्न बजारमा लाइन लाग्नुपर्ने हो ।

तर मानिसहरुमा भने अर्कै लहड चलेछ । मानिसहरु मास्क तथा एयर प्युरिफायर खरीद गर्नुको साटो कण्डम खरीद गर्न कस्सिएका छन् ।

तथ्यांक अनुसार बेइजिंगका २ करोड २० लाख मानिस यो रेड अलर्टको दायरामा छन् । चीनको सबैभन्दा ठूलो अनलाइन शपिंग साइट ताओबाओ डट कमका अनुसार चीनमा पछिल्लो हप्तादेखि बढेको धुवाँ तथा सरकारले जारी गरेको रेड अलर्टसँगै त्यहाँ कण्डमको माग ह्वात्तै बढेको छ । चाइना डेलीका अनुसार अन्य सहरको तुलनामा बेइजिंगमा कण्डम तथा स्पोटर्सवेयरको बिक्रिमा तिब्रता आएको छ ।

प्रदुषण तथा सरकारी अलर्टका कारण धेरै मानिसहरु धेरै समय घरभित्रै बस्ने गरेका कारण सहवासको दरमा वृद्धि भएको र त्यसले कण्डमको खपत बढाएको बताइएको छ । त्यस्तै मानिसहरुले तुवाँलो हटेसँगै बाहिर निस्किएर व्यायाम गर्ने योजना बनाएका हुँदा स्पोट्सवेयरको बिक्रि पनि बढेको हो । अनलाइन खबर बाट

 

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget