Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रसुवागढी भन्सारमा दैनिक दुई करोड रुपैंया राजश्व

रसुवा, पुस ९ । रसुवागढी भन्सार कार्यालयले केहि दिन यता दैनिक करिब दुई करोड रुपैंयां राजश्व अशुली गर्न सफल भएको छ ।

यस आर्थिक वर्ष ०७२/०७३ को पहिलो चौमासिकमा नौ करोड ६९ लाख ८९ हजार मात्र राजस्व संकलन गरेको कार्यालयले केरुङ नाका बाट निकासी, पैठारी बढे संगै राजश्व दैनिक दुई करोडसम्म जम्मा गर्न सफल भएको हो ।

कार्यालयले चालिस करोड लक्ष्य राखेकोमा नाका संचालनमा आएको छोटो समयमा नै तीस करोड राजश्व संकलन भइसकेको छ ।


पहिलो चौमासिकमा तोकेको लक्ष्य भन्दा १ सय ३५  दशमलब ५७ प्रतिशतले बढी हो । चीनले अनुदान दिएको इन्धन तथा यस नाका बाट आयत निर्यात बढेकाले राजश्व अशुली बढेको रसुवागढी भंन्सार कार्यालयले जनाएको छ ।

करिब दुई महिना अघिबाट मात्र संचालनमा आएको रसुवागढी भंन्सार कार्यालयले निकाशी सेवा, पैठारी सेवा, कृषी सुधार, अन्त शुल्क तथा जरिवाना लगायतबाट कुल नौ करोड उनान सत्तरी लाख राजश्व अशुली गरेकोे छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget