
मुलुकको समस्या समाधानका लागि प्रजातन्त्रवादी शक्तिबीच एकता आवश्यक रहेको भन्दै नेता निधिले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा समर्पित गर्ने संस्थापक नेता कृष्णप्रसाद भट्टराईको योगदानलाई काँग्रेसले कहिल्यै नबिर्सने बताउनुभयो ।
उहाँले काँग्रेस र मधेस केन्द्रित दलसँग भइरहेको वार्ता सकारात्मक भएकाले पनि दुई दिनभित्र निकास निस्कने दाबी गर्नुभयो ।
कार्यक्रममा सांसद अमृत अर्याल, डिकबहादुर लिम्बू, दिलीप गच्छदारले नयाँ संविधानले सबै जातजातिको अधिकारलाई सुनिश्चित गरेकाले संविधान कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौलाले सीमाङ्कनको विषयमा मधेसी मोर्चा लचिलो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सभाषद डिगबहादुर लिम्बु , शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष केशव निरौला, , नेपाली काँग्रेस मोरङका उपसभापति हरिलाल सिंहलगायतले स्वर्गीय भट्टराईको योगदानबारे चर्चा गर्नुभएको थियो ।
Post a Comment