Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ड्राइभर सुतेको बेला बाँदरले चलायो बस


Monkeyअब मानिसले गर्ने काम उसको पुर्खाले पनि गर्यो त के फरक पर्यो भन्नुहोला । तर भारतको उत्तरप्रदेशमा बाँदरले बस चलाएर साँच्ची नयाँ रेकर्ड नै कायम गरेको छ ।

भारतको उत्तरप्रदेशस्थित बरेली सहरमा बाँदरले यस्तो काम गर्यो की सबै मानिस तिनछक पर्नुको विकल्प रहेन ।
पार्किंगमा रोकिराखेको उत्तर प्रदेश राज्य निगम परिवहनको बसलाई बाँदरले स्टार्ट मात्र गरेन, गिएर लगाएर गुडायो पनि । अनि गुडाएर अरु दुइवटा बसमा लगेर ठोक्काउने काम पनि गर्यो ।

पार्किंगमा रहेको बसभित्र जंगली बाँदर एकाएक छिरेर गाडी स्टार्ट गरी गुडाएको हो । बाँदरले गुडाएको गाडीले अरु बसलाई ठक्कर दिन थालेपछि बसका ड्राइभर तत्कालै बाँदरलाई लखेटे र गाडी नियन्त्रणमा लिन सफल भए ।

समाचार अनुसार बसको चाँबी घुसार्ने ठाउँमै छाडेर बसका चालक बसको पछाडिको सिटमा गएर सुतेका थिए । चालक सुतेको मौका पारेर बाँदर बसको झ्यालबाट भित्र छिर्यो र ड्राइभर बस्ने सिटमा बसेर चाँबी घुमाएपछि बस स्टार्ट भैहाल्यो ।

बस स्टार्ट हुँदाको आवाजले ड्राइभरको निद्रा खुल्यो । हेर्दा त आफ्नो सिटमा बाँदर बसिरहेको छ । उनी तत्कालै चिच्याए र दौडिएर अगाडि आउन थाले । बाँदर पनि आत्तिएर बाहिर भाग्दा बसको गिएर दबिएछ र ड्राइभर अगाडि आएर बस नियन्त्रणमा लिन नपाउँदै दुइवटा अरु बसमा ठोक्किइसकेछ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget