
बिहान एघार बजेपछि पार्टी मुख्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा राजनीतिक, आर्थिक, सांगठनिक, १३औँ महाधिवेशन र समस्य मुलुकको विषयमा छलफल हुनेछ ।
केन्द्रीय सदस्य पार्वती डिसी चौधरीका अनुसार आजबाट केन्द्रीय सदस्यहरूले १३औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा धारणा राख्ने छन् । त्यसका लागि तयारी भएको उहाँले बताउनुभयो ।
बैठकमा नरहरि आचार्य संयोजक रहेको महाधिवेशन प्रतिनिधि विवाद समाधान सुझाव कार्यदलको प्रतिवेदनमा पनि छलफल हुनेछ ।
केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि कसरी अगाडि भन्ने भन्ने विषयमा छलफल गर्न पदाधिकारी र प्रभावशाली नेताहरूको बैठक बस्दैछ । पदाधिकारीहरूले बैठकको कार्यविधि तयार गर्ने स्रोतको भनाइ छ ।
कांग्रेसमा महाविधेशन प्रतिनिधि छनौटको विषयमा गम्भीर विवाद बन्दै आएको छ । संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहले आआफ्नालाई क्रियाशील सदस्यता दिन तिकडम गरेपछि विवाद उत्पन्न भएका हुन् । सो विवादलाई मिलाउन पनि पदाधिकारी बैठक बस्न लागेको बताइएको छ ।
Post a Comment