
माग पुरा भइसके पनि मोर्चाले आन्दोलन गरिरहँदा समस्या भएको पौडेलको भनाई छ । ‘माग पुरा भइसकेको छ’ पौडेलले भने ‘वहाँहरू आन्दोलन छाड्नु हुन्न के गर्ने ?’पौडेलले आन्दोलनका नाममा मोर्चा असहिष्णु बन्दै गएको दाबी गरे । ‘बुधबार जनकपुरमा भएको घटनाले मोर्चा धार्मीक रुपमा पनि असहिष्णु बन्दै गएको छ’पौडेलले भने ‘असहिष्णुता र विद्वेष भड्काएर मुलुक र जनताको हित हुँदैन ।’ मोर्चाले आन्दोलन छाडेर वार्ताबाटै समस्याको समाधान गर्नु उचित हुने पौडेलको सुझाव छ । उपर्युक्तताको आधारमा छलफल गरेर मोर्चाको असन्तुष्टी मिलाउन सकिने भन्दै उनले सिमाङकन मिलाउने नाममा अर्को आन्दोलन हुने अवस्था सिर्जना गर्न नहुने बताए । उनले सहमतिकै आधारमा आगामी अधिवेशनमा सभापतिको उमेद्वारी दिने पनि बताए ।
Post a Comment