
छरछिमेकीहरु दिलकुमारीको यस्तो दयनिय अवस्था देखेर कुनजुनिको पापले गर्दा यसको यो हालत भएको हो भन्दै हेर्ने गर्थे । खोटाङ्ग जिल्लाको दिक्तेल नेर्पा गाँउमा वुवा वुद्धिमान राई र आमा म्यामशोभा राई को कोख वाट २०२६ साल मा जन्मनु भएकी दिलकुमारी राई असक्त अवस्था जन्मे कि हुन । दिलकुमारीको तिन दाजुभाई र एक वहिनी भने सवालङ्गनै छन् ।दिलकुमारी आफ्नो खुट्टा असक्त भएको कारण चाहादाचाहदै पनि हिड्डुल गर्न सक्ने अवस्था थिएन् । उमेर वड्दै जाने क्रममा रहरहरु पनि वड्दै जाने रहेछ ।आफु संगैका साथीहरु आफ्नै आँखा अगाडीको वाटो भएर रमाउदै स्कुल गएको देख्दा आफुलाई पनि उनिहरु संगै रमाउदै खेल्दै स्कुल जाने रहर लाग्थ्यो । तर आफु उभिएर हिड्डुल गर्न नसक्ने अवस्था देखेर मनमा भक्कानो फुटेर आउथ्यो । मनमनै सम्झीने गर्थीन यदी मेरो खुट्टा हिडडुल गर्न सक्ने भएको भए ।विहानीको मिर्मीरेमा सुन्दर हरियाली डाँडा पाखामा घास दाउरा गर्थे होला अनि छिटो छिटो गरेर साथीहरु संग स्कुल जानको लागी फर्किन्थे होला । वसीरहेकी दिलकुमारीको मनमा यस्तो यस्तै अनेकौ प्रकारका कुराहरु खेलीरहन्थे ।

मानिसहरुले आफ्नो असक्त देखेर आफुलाई खिसी गर्छन् भनेर दिलकुमारी सधै आफ्नो झामाले खुट्टा छोप्ने गर्थीन । चाँडपर्व विवाह भोज हुदा आमाले वोकेर लानु हुन्थ्यो । अनि आफु भने अरुले आफ्नो असक्त खुट्टा देख्छन्की भनेर झ्यालमा वसेर रमिता हेर्थे विगतलाई सम्झदै दिलकुमारी लामो सास फेर्छिन । २० वर्षको उमेर सम्म त नजरवन्द सरह जिवनयापन गर्नु वाध्य भइन् । तर जव दिलकुमारी २० वर्षको भइन् उनको दाई व्रिटिस आर्मीमा जागिरे भएर छुट्टीमा नेपाल फर्की सकेका थिए । त्यसपछि दिलकुमारीको असक्त खुट्टालाई काटेर क्रितिम खुट्टा राख्नको लागी धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरीयो र त्यहि उपाचारको लागी २ वर्ष सम्म वस्ने क्रममा क ख ग भनेर पढ्ने मौका पाइन् । त्यस पछि भने दिलकुमारीको जिवनमा उज्यालो छाउदै गयो । आफ्नो आमा,वावा,दाजुभाई,वहिनी परिवार तराई वसाई सरेर आउनु भयो अनि त्यस पछि दिलकुमारीले धरानको मंगलवारे स्कुलमा कक्षा ६ मा भर्ना गरी पढ्न थाल्नु भयो । आफु संगै पढ्ने साथीहरु साना साना भाइवहिनीहरु जस्ता साथीहरु संंग पढ्न त त्यति सजिलो पक्केै पनि थिएन । तर पनि नपढी केही पनि गर्न सकिदैन भन्ने सोच दिलकुमारीको परिवारमा भएको कारण कक्षा ८ वाट फेरी सुनसरी जिल्लाको तरहरा स्थित जनसहयोग उच्च मा.वि मा पढ्न थाल्नु भयो । स्कुल पढ्ने अवस्थामा पनि सवै साथीहरुले जिस्काउने गर्दथे । सायद म अरु भन्दा भिन्न तरिकाले हिडेको देखेर पनि हुन सक्छ ।तर मेरो भाइ वहिनी संगै भएको वेलामा मलाई कसैले पनि जिस्काउने हिम्मत गर्दैनथे ।एस.एल.सी. पास गरे पछि सुनसरीको आँपगाछी स्थित चेलीवेटी अपाङ्ग संस्थाकी अध्यक्ष तृप्ता मगरले संस्थामा सदस्य वन्नको लागी उत्प्रेरणा दिनु भयो त्यस पछि सदस्यमा रहेर काम गर्दा गर्दै सचिव को पदमा रहेर काम गरेको तिन वर्ष पछि अध्यक्षको पदमा रहेर काम गरीरहेकी छिन् दिलकुमारीलाई १० वर्ष अगाढी र अहिलेको तुलानामा अपाङ्गहरुलाइ समाजले हेर्ने दृष्टी फरक भएको कुरा सुनाउनु हुन्छ । साथै पहिलाको तुलानामा अहिले अपाङ्गहरुको लागी सरकारले विभीन्न सेवा सुविधाहरु दिएको छ ।त्यसका साथै गैर सरकारी संस्थाहरुले पनि निसुल्क औसधि उपचार,पढ्नको लागी छात्रावृद्धि साथै उनिहरुको अवस्था र योग्यता हेरेर तालिम सिपको व्यवस्था पनि गरीएको छ । पहिला अपङ्गगता भएको मानिसहरुलाई कुनै जन्मको पापको कारण यस्तो अवस्था भएको भन्ने सोच थियो भने अहिले त्यो सोच परिवर्तनको छ । १६ वर्ष मुनिका अपाङ्गता भएका बालिकाहरुलाई चेलीवेटी अपाङ्ग महिला संस्था र युनाइटेड मिसन टु नेपालको सहयोगमा वनेपा र धरानमा निःशुल्क उपचार गरिरहेको पनि दिलकुमारीले बताईन ् ।
Post a Comment