
हेमपुर गाविसका दुईपटक निर्वाचित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसक्नुभएका यादव लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा रहनुभएको थियो ।
रायको हत्या रहस्यमय रहेको एमालेका सर्लाही जिल्ला कमिटी सदस्य गणेश प्रसाईले बताउनुभयो । ‘हामी अहिले घटनास्थलमै छौं, पहिले खुर्सानीको धूलो आँखामा छरेर धारिलो हतियार टाउकोमा प्रहार गरिएको छ’ उहाँले भन्नुभयो ।
हत्याको कारण खुल्न सकेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच एमाले सचिव योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै हत्याको अनुसन्धान गरी दोषीमाथि कडा कारवाहीको माग गनुभएको छ।
Post a Comment