Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राष्ट्रिय अपाङ्ग महासङ्घबाट राष्ट्रपति भण्डारीलाई बधाई

काठमाडौँ, २२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विभिन्न अपाङ्गता भएका व्यक्तिहरुले उहाँको कार्यकालको सफलताका लागि शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घको नेतृत्वमा राष्ट्रपति भवन शीतल निवासमा पुगी आज उहाँलाई शुभकामना तथा बधाई ज्ञापन गरेको महासङ्घका महासचिव टीका दाहालले जानकारी दिनुभयो ।

सो अवसरमा दाहालले अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाका सवाल र अपाङ्गता भएका व्यक्तिसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र कानुनलाई कार्यान्वयनका लागि सहयोग गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले अपाङ्गताको सवाल अत्यन्त संवेदनशील विषय भएको र आफूले यस विषयमा चासो राख्दै आइरहेकाले यस विषयसम्बन्धी कानुन कार्यान्वयनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget