
संघको केन्द्रीय सचिव जस्तो गरिमामय पदमा निर्वाचित भएर बस्नेतले मोरङको मात्र नभएर पूर्वाञ्चलकै युवाको लागि गौरवको विषय भएको कार्यक्रमका सहभागीले बताएका थिए । कार्यक्रममा बोल्दै सचिव बस्नेतले अहिले नेपाललाई कमजोर बनाउन सबैतिरबाट प्रयास भइरहेको बताउँदै राष्ट्रिय एकताका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
बस्नेतले नयाँ संविधानले सबै क्षेत्रको अधिकारको रक्षा गरेको बताउँदै मधेशको जायज माग पूरा गर्नुपर्ने तर यो आन्दोलनमा घुषपैठ गर्नेहरुलाई भने पहिचान गर्नुपर्ने बताउनु भयो । युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव बस्नेतलाई खादा, दोसल्ला ओढाउँदै प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो ।
Post a Comment