
पौडेल निवास बालाजु बोहोराटारमा भएको सो भेटवार्तामा कार्यवाहक सभापति पौडेलले आपूर्ति असहजताका कारण विद्यालय, अस्पताल र नेपालीको दैनिक जनजीवन दिनानुदिन कष्टकर हुँदै गएकाले आपूर्ति व्यवस्थालाई सहज गराउन भारतीय राजदूत रेलाई आग्रह गर्नुभयो ।
“नेपालभित्रको समस्या हाम्रो हो, यहाँको समस्या हामी आफैँ समाधान गर्छौं, बाहिरबाट आउने सामानमा भएको रोकावट सहज र खुल्ला होस्,” उपसभापति पौडेलले भन्नुभयो ।
तराई मधेशमा देखिएको समस्या नेपालीको आफ्नै समस्या भएको र त्यसलाई उचित निकास दिन नेपालीहरु नै सक्षम भएको भन्दै कार्यवाहक सभापति पौडेलले नेपाल भित्रिने वस्तुमा सीमामा कुनै पनि प्रकारको रोकावट हुन नहुनेमा जोड दिनुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।
सो अवसरमा राजदूत रायले नेपालको कठिनाइबारे आफूहरु जानकार रहेको भन्दै वातावरण सहज बनाउन सकारात्मक रहेको भनाइ राख्नुभएको थियो ।
Post a Comment