Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राजेन्द्र महतोद्वारा इटहरी घटनाको बदला लिने घोषणा, विराटनगरमा भीडन्त हुनसक्ने

मोर्चाको सभा कुनै हालतमा हुन नदिने स्थानीयको घोषणा

विराटनगर, १३ मंसिर । संयुक्त लोकतान्त्रिकक मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले इटहरी घटनाको बदला लिने घोषणा गरेका छन् ।rajendra mahato
राजमार्ग अवरूद्ध गर्ने क्रममा सप्तरीको रूपनी र भारदहमा प्रहरी कारवाहीमा मारिएका आफ्ना चार जना कार्यकर्ताहरूको राजबिराजमा निकालिएको शव यात्रामा सहभागी महतोले इटहरीमा मोर्चाको सभा बिथोलएको र मञ्चमा आगो लगाईएको प्रति आक्रोश पोख्दै आज आईतबार बिराटनगरमा हुने विरोध सभामा त्यसको बदला लिने घोषणा गरेका हुन् ।
इटहरीमा मधेसी मोर्चाको कार्यक्रमको मञ्चमा आगो लगाईदिएर सभा बिथोलेपछि अत्तालिएका महतोले त्यसको बदला लिने घोषणा गर्दै सुनसरी र मोरङबाट आफ्ना हजारौं कार्यकर्तालाई आईतवारको कार्यक्रमको लागि बिराटनगर आउन निर्देशन दिएका छन् ।
संघीय गठबन्धनको नाममा साम्प्रदायिक हिंसा मच्चाउने उद्देश्यले पहाडी बहुल क्षेत्रमा विरोधसभा गरिने र त्यसै क्रममा इटहरीको सभाको तयारी गरिएको थियो । जहाँ स्थानीय कांग्रेस, एमाले, एमाओवादी, राप्रपा र राप्रपा नेपालका कार्यकर्ताहरूसहित स्थानीय जनता प्रतिकारमा ओर्लिएका थिए ।
इटहरीको सभा बिथोलिएपछि त्यहाँ पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव सभास्थलमै नपुगी बिराटनगर फर्किन बाध्य भएका थिए । यस कार्यक्रममा आउने हल्ला चलाएपनि महतो भने सप्तरीमै थिए ।
उनी बिराटनगरको सभामा सहभागी हुन शनिवार साँझ सुनसरी हुंदै बिराटनगर आईपुगेका छन् । बिराटनगरमा हुने सभामा महतोसहित उपेन्द्र र महेन्द्रले पनि समबोधन गर्ने कार्यक्रम रहेको छ ।
यता बिराटनगरमा भने एमाले, एमाओवादी सहितका अन्य सत्तारूढ गठबन्धनका दलहरूले मधेसी मोर्चाको सभा कुनै हालतमा हुन नदिने घोषणा गरेका छन् । स्थानीयवासीसंग मिलेर यी दलका विद्यार्थी र युवा संगठनहरूले मोर्चाको कार्यक्रम बिथोल्ने पूरा तयारी गरेर बसेका छन् । मधेसी मोर्चाको सभाको विरोधमा आईतबारै बिराटनगरमा प्रतिकार जुलुस निकाल्ने, मोर्चाको सभा स्थललाई आफ्नो नियन्त्रणमा लिने र मोर्चाका नेता राजेन्द्र महतो र उपेन्द्र यादवलाई बिराटनगर प्रवेश गर्न नदिने तयारी गरेका छन् । प्रतिकारको तयारी बीच मोर्चाका स्थानीय नेताहरूले कुनै हालतमा पनि कार्यक्रम गरेरै छाड्ने बताएका छन् ।
बिराटनगर सभाका लागि शनिवार नै राजेन्द्र महतोले बिहान सप्तरीको भारदह, रूपनी, हनुमाननगरमा सभा गरेर कार्यकर्ताहरू लाई बिराटनगरको सभामा आउन अपील गरेका छन् ।
बिराटनगरमा दोहरो भीडन्त हुने सम्भावना रहेपनि प्रहरी प्रशासन भने यसबाट अनभिज्ञ बनेको छ। मोरङका सिडिओ र एसपी दुबैले मोर्चाको कार्यक्रम बिराटनगरमा रहेको जानकारी आफूलाई नभएको बताएका छन् । तर, उनीहरुले भीडन्त जस्तो अवस्था आउन नदिन प्रशासन अर्लट रहेको बताए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget