
साधारण सभाले गत कात्तिकमा सम्पन्न भएको जेसिज सप्ताहको आम्दानी तथा खर्च बिबरण समेत पारित गरेको छ । जेसिज बर्ष २०१५ का कार्याकारिणि उपाध्यक्ष एवम सप्ताहका मुल संयोजक नबराज नेपालले प्रस्तुत गरेको सप्ताहको प्रतिबेदन साधारणसभाले पारित गरेको हो । नेपालका अनुसार सप्ताह कार्यक्र सम्पन्न गर्नका लागि झण्डै २ लाख बढि रकम खर्च भएको प्रतिबेदन प्रस्तुत गरेका थिए । नेपालले प्रतिबेदन प्रस्तुत गरिसकेपछि अघिल्ला बर्षका जेसिज सप्ताहहरु भन्दा यस बर्षको सप्ताह महंगो भएपनि उत्कृष्ठ भएको भनेर चर्चा गरिएको थियो । साधारणसभामा जेसिजको सचिवालयमा ट्रष्ट हाल्नका जेसिज सदस्यहरुले आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । साधारणसभामा तरहरा जेसिज २०१३ मा अध्यक्ष बनि कुशल नेतृत्व प्रदान गरि नेपाल जेसिज २०१४ को समेत उपाध्यक्ष समेत रहिसकेका जिवन पराजुलिलाइ सन २०१६ का लागि नेपाल जेसिजको कार्याकारिणी उपाध्यक्ष पदमा बिजयी गराउनका लागि पहल समेत सुरु गरिएको छ । साधारणसभाले पराजुलिलाइ जिताउनका लागि सबैले यथासक्य पहल गर्नुपर्ने कुरामा सहभागिहरु जोड दिएको छ ।
सन् २००५ मा तरहरा जेसिजमा प्रबेश गरेका पराजुलिले सन २०१६ मा हुने नेपाल जेसिजको महाधिबेशनमा नेपालभरबाट उपमेद्धवार भएका १५ जना संग प्रतिष्पर्धा गर्देछन । १५ जना मध्येबाट ४ जना मात्र कार्याकारिणि उपाध्यक्ष चयन हुने जेसिजको बिधानमा प्राबधान रहेको छ । आगामी पौष १० देखि १२ गते सम्म पश्चिम महेन्द्रनगरमा हुन लागेको महाधिबेशनमा १ जना अध्यक्ष पदका लागि समेत अहिले सम्म नेपालभरबाट ११ जना उमेद्धवार रहेको जनाइएको छ । जसमध्ये पुर्बाञ्चलबाट अहिले सम्म ४ जनाले अध्यक्ष पदमा उमेद्धवार रहेको बुझिएको छ । बिराटनगरबाट रिता न्यौपाने, धरानबाट बिष्णु बराल,दमकबाट प्रकाश अधिकारी र जनकपुरबाट एक जना उमेद्धवार रहेको कार्याकारिणि उपाध्यक्ष पदका उमेद्धवार पराजुलिले बताए ।
१८ देखि ४० बर्ष सम्मका युवाहरुको साझा संगठनका रुपमा रहेको नेपाल जेसिज अन्र्तगत १ सय ३४ शाखामा हाल १२ हजार भन्दा बढि सदस्यहरु रहेका छन ।महेन्द्रनगरमा हुने महाधिबेशनमा नेपालभरका शाखाहरुबाट झण्डै ४ हजारको संख्यामा जेसिज सदस्यहरु सहभागि हुने नेपाल जेसिजले जनाएको छ ।
Post a Comment