Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ओठ फुट्ने समस्या ? यसाे गर्नुहाेस्

ओठ फुट्ने समस्या ? यसाे गर्नुहाेस्

जाडोमा छाला फुट्ने समस्या सामान्य हो । हात, खुट्टा, गाला, ओठ फुट्ने समस्या हामी धेरैले भोगेका छौं । अझ ओठ शरीरको सानो भाग भएपनि यो फुट्यो भने खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।

यदी तपाईंको ओठ फुटेको छ भने निम्न तरिका अपनाउनुहोस्ः

  • यदी तपाईं ओठ चपाउने वा टोक्ने गर्नुहुन्छ भने यस्तो बानी तत्काल छाड्नुहोस् । ओठ टोक्दा ओठको छाला पनि सँगै निस्कने भएकाले मुलायम ओठको भाग फुट्छ ।

  • ओठमा कैयौं निर्जीव वा मरेका सेलहरु जमेका हुन्छन् । बेला बेलामा मुलायम र गुणस्तरीय टुथ ब्रसले ओठ सफा गर्ने गर्नुहोस् । जैतूनको तेल (ओलिभ आयल) र चिनीको पेस्ट बनाएर ओठमा लगाउनाले पनि ओठ फुट्ने समस्या समाधान हुनसक्छ ।

  • यदी तपाईं लिपिस्टिक लगाउनुहुन्छ भने लिपिस्टिक लगाउनुभन्दा पहिले मोइस्चाराइजर अनिवार्य प्रयोग गर्ने गर्नुहोस् ।

  • तपाईंको ओठले लिप बाम सहँदैन भने ओठमा नरिवल, जैतून अथवा बदामको तेल लगाउनुहोस् । रातमा सुत्ने बेलामा लगाएर सुत्दा उपयुक्त हुनसक्छ ।

  • पानी प्रशस्त पिउनुहोस् । दिनभरमा कम्तिमा पनि ८ गिलास पिउने गर्नुहोस् ।


 

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget