
क्रान्तीकार पत्रकार महासंघले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले, मधेशी र्मोचाको मुख्य मागको रुपमा रहेको सिंमाकनको विषयलाइ यथा सक्दो चाडो टुंग्याउन कांगेस, एमाले र एकिकृत माओवादि विच वार्ता र छलफल भइरहेको बताउनुभयो ।मन्त्री गजुरेलले , संविधानको विषयमा मधेशमा गलत भ्रम फैलाइकाले गलत तत्वले त्यसको फाइदा लिइ लिइरहेको उल्लेखगर्दै त्यस्तो भ्रमलाइ दलहरुले चिर्न सक्नुपर्ने बताउनुभयो ।
उहाले मधेश केन्द्रितदलको आन्दोलनका कारण मुलुकले ठुलो क्षती व्यहरिहेकाले समस्या समाधातर्फ आन्दोलनरत दलहरुपनी लचिलो हुनुपर्ने बताउनुभयो ।
मन्त्री गजुरेलले सरकार मख्य प्राथमिक्ता संविधान कार्यान्वयन र मधेशको समस्या समाधान गर्नु रहेकाले राष्ट्रलाइ एकतवद्ध रुपमा अगाडी वढाउन प्रतिपंक्षमा रहेको कांग्रेस पार्टीलेपनी सकारात्मक भुमिका निवार्ह गर्नुपर्ने बताउनुभयो ।
एक प्रश्नमा मन्त्री गजुरेलले, अहिले उठेको पाच जिल्लाको जनमत संग्रह गर्ने कुराले समस्या समाधान नहुने भन्दै जनमत संग्रह गर्दा संविधान कार्यान्वयनमा जटिल्ता थपिने भएकाले वार्ता छलफलवाटै निकास खोज्नु आवश्यक रहेको बताउनुभयो ।
Post a Comment