Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रतिवन्धित औषधी खुल्ला विक्रि रोक्न आग्रह

कुमोद अधिकारी
विराटनगर, ८ मंसिर । वन्द हडतालको मौकाको फाइदा उठाउदै विराटनगरको औषधि पसलहरुमा मानव स्वास्थमा असरपर्ने प्रतिवन्धित औषधिहरु खुलेआम विक्रि भइरहेको भन्दै औषधी व्यावसायीहरुले त्यसलाइ नियन्त्रणगर्न प्रसासनलाइ आग्रह गरेका छन ।
स्वतन्त्र नेपाल औषधी व्यापार संघका अध्यक्ष देशवन्धु ढकालको नेतृत्वमा गएको टोलीले मोरंङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाइ आज ज्ञापनपत्र वुझाउदै औषधि व्यवस्था विभागले प्रतिवन्ध गरेका औषधिहरु खुलेआम विक्रि हुनुका साथै औषधिमा कालावजारी समेत भइरहेकाले त्यसलाइ रोक्न आग्रह गरेका छन ।
वन्दको मौका भारतवाट लुकिछिपी छोपी एजेन्ड मार्फत आएका गणस्तहिन तथा प्रतिवन्धित औषधिहरुले मानव जिवनमा गंभिर असरपर्ने भएकाले यस्ता औषधि विक्रि वितिरणमा रोक लगाउनुपर्नेमा संघले जोड दिएको छ ।
संघका अध्यक्ष ढकालले वजारमा एकसय भन्दा वढि प्रकार प्रतिवन्धित औषधी विक्रि भइरहेको बताउनुभयो ।उहाका अनुसार, ग्यासटिका लागी प्रयोग हुने प्रतिवन्धित ओषधी पेन्टिन आइवी, आइरन चक्कि एसओरन, मस्तिक विरामीलाइ प्रयोग हुने मिराकोल नामक प्रतिवन्धित औषधि विक्रि भइरहेका छन ।
यस्ता औषधिहरु विराटनगरको हस्पिटल चौक, न्युरो हस्पिटल तथा विराट नसिंङ होम अगाडीको पसलहरुले यस्ता औषधि विक्रि गरिरहेको जनाइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget