पहिलोपटक महिनावारी हुँदा यस्ता समस्याहरु आउनसक्छन् ।

पहिलो पटक महिनावारी भएको महिलाको योनीबाट रक्तस्राब हुन्छ । कसै कसैमा केही बढि रक्तस्राब हुन्छ । महिनावारी हुँदा महिलाको तल्लो पेट अथवा ढाड दुख्ने वा रिङ्गटा लाग्ने, खान मन नलाग्ने आदि हुन सक्छन् । यति मात्र नभई मानसिक तनाव जस्ता समस्याहरु पनि हुनसक्छ । किनकी धेरैजसो किशोरीहरुमा महिनावारीको ज्ञान नहुनुका साथै हाम्रो समाजमा यो स्वस्थ र साधारण प्रक्रियालाई पनि सामाजिक र धार्मिक कुराहरुसँग जोडेर छुट्याएर राख्ने, छुन नहुने जस्ता कुरा गरिएको हुन्छ । महिनावारी हुने उमेरका किशोरीहरुलाई बेलैमा महिनावारी सम्बन्धी ज्ञान नदिनाले किशोरीहरुको महिनावारी हुँदा आत्मबिश्वास कमजोर हुनुको साथै उनको आत्मसम्मानमा चोट लाग्न पनि सक्छ र मानसिक तनाव बढ्दछ ।
स्रोत : नेपाल परिवार नियोजन संघद्धारा प्रकाशित महिनावारी शिर्षकको पुस्तक ।
- See more at: http://aradioaudio.com/khuldulee/2431#sthash.5tHNduis.dpuf
Post a Comment