दिमागलाई असर गर्ने यी सात गल्तीबाट सँधै बच्नुहोस् ।

१. पर्याप्त नसुत्नु
जब मानीस निदाउँछ उसको दिमागले पनि आराम गर्ने मौका पाउँछ । यदि पर्याप्त मात्रामा ननिदाउने हो भने दिमागले आरामको मौका पाउँदैन जुन हानीकारक हुन्छ । पर्याप्त मात्रामा नसुत्ने मानीसको दिमागको शक्ति कमजोर हुँदै जान्छ । यस्तै दिमागसँग सम्बन्धीत अन्य रोगहरुले पनि आक्रमण गर्न सक्छ ।
२. ब्रेक फास्ट नगर्नु
कतिपयले ब्रेक फास्ट गर्न रुचाउँदैनन् । ब्रेकफास्ट नगरेर हेल्दी बन्न सकिन्छ भन्ने कतिपयको सोच हुन्छ । यस्तो सोचका कारण ब्रेक फास्ट नगर्दा दिमागमा ग्लुकोजको मात्रा कम हुन जान्छ । यसले थकीत महसुस हुन्छ । यसले तपाईँको कामलाई नै असर पुर्याउन सक्छ ।
३. अधिक खाना
धेरै खानु आफैँमा राम्रो मानीदैन । खाईरहने बानीले भोग लागेको संकेत समेत दिँदैन । यसले थकान र कमजोरीलाई बढाउँछ । दिमागको काममा पनि असर पुर्याउँछ ।
४. कम पानी पिउनु
कम पानी पिउने बानीले शरिरमा डिहाईड्रेशनको समस्या हुन्छ । यसले तपाईँको दिमागले गर्ने काममा असर पुग्छ । कम पानी पिउँदा दिमागका विभिन्न टिस्युहरु सुक्छन् । यसले दिमागको समस्या बढाउँछ ।
५. धेरै काम
एक पटकमा धेरै तर्फ काम गर्नु पनि दिमागको लागि राम्रो होईन । धेरै काम गर्दा दिमागको शक्ति बढ्छ भन्ने आम मानसिकता रहे पनि त्यो गलत भएको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् । स्टेनफोर्ड विश्वविद्यालयको एक अध्ययनले एकै पटक धेरै काम गर्ने मानीसको एफिसिएन्सी कम हुँदै जाने देखाएको छ ।
६. धुमपान
जब मानीसले धुमपान गर्छ उसको शरिरमा असरदार केमिकलहरुले प्रवेश गर्छ । जसले रगत आवातजावतमा नै समस्या बनाउँछ । यसले दिमागमा विभिन्न प्रकारको समस्या ल्याउँछ ।
७. तनाव
तनाव दिमागको लागि ठूलो रोग हो । जब मानीस मानसीक तनावमा हुन्छ उसको शरिरमा कार्टिसोल नामक हर्मोन उत्पन्न हुन्छ । जसले दिमागमा नोक्सान पुर्याउने जर्नल अफ न्यूरोसाईन्समा प्रकाशित छ ।
-एजेन्सीको सहयोगमा
Post a Comment