विराटनगर, १० मंसिर । करिव ४ महिना देखिको बन्दका कारण विराटनगर लगायत नेपालभर रगतको चरम अभाव भईरहेको बेला आज नोवेल मेडिकल कलेज विराटनगरले ८२ प्रिन्ट रगत संकलन गरेको छ ।

अस्पतालको प्राङगणमा आयोजित रक्तदान कार्यक्रममा अस्पतालका डाक्टर , विद्यार्थी , कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए । कार्यक्रमको उद्घाटन कलेका हस्पिटल डाईरेक्टर डा. राजेश नेपालले गर्नुभएको थियो । कार्यक्रमको संयोजन डा. देवराज घिमिरेले गर्नुुभएको हो ।

रगत संकलनका लागि रगत संकलन गर्ने प्लासिटक अभाव भईरहेको बेला यतिका परिणाममा रगत संकलन भए पछि अब केही दिनका लागि अस्पतालमा आउने विरामीलाई रगत उपलव्ध गराउन सकिने यस कार्यक्रका संयोजक डा. घिमिरेले बताउनुभएको छ ।

डा. घिमिरेका अनुसार स्वास्थ्य मानिसले ३ – ३ महिनामा रगत दिदा स्वास्थ्यलाई नै फाईदा पुग्ने समेत बताउनु भयो ।
Post a Comment