
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले केसीले मधेसी नेताले माग गरेजस्तो सङ्घीय सीमाङ्कन गर्दा नेपालको अस्तित्व नै समाप्त हुने जिकिर गर्दै भारतको नाकाबन्दी अमानवीय भएको तर्क गर्नुभयो ।
उपप्रधानमन्त्री केसीले भारतले घोषित रुपमा नाकाबन्दी लगाउन नसक्ने भएकाले नै अघोषित रुपमा लगाएको जिकिर गर्दै यस्तो नाकाबन्दी चाँडो खुल्ने सङ्केत नदेखिएको बताउँदै पारवहन अधिकार अन्तर्राष्ट्रिय अधिकार भए पनि हाम्रो अधिकार रोकेर अप्ठ्यारोमा पार्ने काम भइरहेको आरोप लगाउनुभयो ।
सहकारी एवम् गरिबी निवारणमन्त्री केसीले विगतका सरकारले उदारीकरणका नाममा पूर्वाधारका रुपमा रहेका कलकारखाना लिलाम गरेकाले नेपालले औद्योगीककरण तथा पूर्वाधारको समस्या भोगिरहेको विचार पनि व्यक्त गर्नुभयो ।
Post a Comment