Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मुलुकमा जारी समस्याको समाधान गर्न अध्यक्ष दाहालसँग आग्रह

काठमाडौँ, २८ कात्तिक । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालसँग पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नागरिक अगुवाले मुलुकमा जारी समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

दाहाल निवास लाजिम्पाटमा आज बिहान भएको भेटमा तीन महिनादेखि तराई–मधेसमा जारी आन्दोलन र दुई महिनादेखिको भारतको अघोषित नाकाबन्दीका कारण अस्तव्यस्त बनेको जनजीवन र अर्थतन्त्रलाई सार्थक निकास दिनआन्दोलनकारीका जायज माग पूरा गर्न आग्रह गरिएको डा बाबुराम भट्टराईको सचिवालयले जनाएको छ ।

नाकाबन्दी र जारी आन्दोलनबाट सिर्जित समस्यालाई सकारात्मकरुपमा समाधान गर्न नागरिक अगुवाले विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको सुरुवात गरेको सहभागीले जनाएका छन् ।

नागरिक अगुवाले सरकार, आन्दोलनकारी र आवश्यक परेमा अन्तर्राष्ट्रिय पक्षसँग पनि भेटघाट तथा छलफल गरी वातावरण सहज बनाउन सकारात्मक पहलका निम्ति अभियान चलाउने सचिवालयले उल्लेख गरेको छ ।

उक्त अभियानमा नागरिक अगुवाहरु डा देवेन्द्रराज पाण्डे, डा पीताम्बर शर्मा, सीके लाल, कृष्ण हाछेंथु सहभागी हुनुहुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget