Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एमाओवादी अध्यक्ष दाहाल र मधेसी मार्चाका नेताबीच छलफल

काठमाडौँ, २८ कात्तिक । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा आन्दोलनरत मधेस केन्द्रित दलका नेतासँगको छलफललाई निरन्तरता दिनुभएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले आज तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग तराई मधेसको समस्या समाधान गर्ने विषयमा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको तीन दलको बैठकले मधेसवादी दलसँग सार्थक वार्ता गर्ने जिम्मा एमाओवादी अध्यक्ष दाहाललाई दिएको थियो ।

लामो समयदेखि आन्दोलन र असन्तुष्टि जारी रहँदा नागरिकको दैनिकी कष्टकर भएको र आपूर्तिलगायतका विषयमा विकराल अवस्था सिर्जना भएको भन्दै संवादमार्फत तत्काल समस्याको समाधान खोज्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

आज सामान्य छलफल भएको र आइतबार थप छलफल गर्ने सहमति समेत अध्यक्ष दाहाल र अध्यक्ष ठाकुरबीच भएको जनाइएको छ । एमाओवादी अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले आजको वार्ता सकारात्मक भएको सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।

“आजको छलफल गम्भीर र सकारात्मक दिशामा केन्द्रित रहेको छ, आइतबार पुनः छलफल गरेर वार्तालाई निर्णायक तहमा पु¥याउने समझदारी भएको छ”– अध्यक्ष दाहालका स्वकीय सचिव खड्काले भन्नुभयो ।

आजको छलफलमा सरकारले गठन गरेको वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाको पनि उपस्थिति रहेको थियो ।

एमाओवादी अध्यक्ष दाहालले दुई÷चार दिनभित्रैमा तराई मधेस केन्द्रित दलका नेतासँग सार्थक संवाद हुने र समस्याको निरोपण हुने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget