Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

देउसी, भैलो राति १० बजेसम्म मात्रै खेल्न गृहको अनुरोध

काठमाडौँ, २२ कात्तिक । गृह मन्त्रालयले तिहारमा देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न सबैमा अनुरोध गरेको छ ।
Home_ministry_nepal
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरी देउसी, भैलो राति १० बजेसम्म मात्रै गर्न अनुरोध गरिएको छ ।

भुँइचम्पा, पटाका, आतसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकाले तिहार तथा छठ पर्वका अवसरमा त्यस्ता विष्फोटक पदार्थको उत्पादन, आयातनिर्यात, बिक्री वितरण, परिवहन तथा प्रयोग नगर्न अनुरोध गरेको छ ।

आ–आफ्ना बालबच्चालाई भुँइचम्पा, पटाका, आतसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोग गर्न नदिन मन्त्रालयले अनुरोध गरेको छ ।

यस विपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget