Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन : आवश्यकताका आधारमा प्रादेशिक सीमा परिर्माजन

कात्तिक, २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको सीमांकन आवश्यकता र अनुभवका आधारमा परिर्माजन गर्न सकिने बताउनुभएको छ।

आइतबार देशवासीलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो ‘आन्दोलनरत दलहरुको समझदारीका आधारमा संविधान संशोधन विधेयक अघि बढाउन र प्रादेशिक सीमाबारे छलफल गर्न सकिन्छ ।’
उहाँले दलहरुबीच राजनीतिक सहमतिलाई संविधान संशोधनमार्फत संवैधानिक

व्यवस्था गरिने भन्दै वार्तालाई निष्कर्षमा पुर्‍याउन आन्दोलनरत पक्षलाई आग्रह गनुभयो । उहाँले जुन समुदाय र क्षेत्रका लागि भनेर आन्दोलन गरिएको, उनीहरुले नै बढी दुःख पाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भारतले गरेको अघोषित नाकाबन्दी अमानवीय भएको बताउनुभयो । उहाँले आन्तरिम समस्या समाधन गर्न नेपाल सक्षम रहेको बताउनुभयो ।

प्रधानमन्त्रीका रुपमा आइतबार देशवासीलाई पहिलो सम्बोधन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भरका महत्वाकांक्षी योजनाहरु घोषणा गनुभएको छ।

मन्त्रीहरु र सरकारलाई समर्थन गर्ने दलका नेतालाई साथमा राखेर प्रधानमन्त्री ओलीले आइतबार साँझ देशवासीलाई सम्बोधन गनुभएको थियो । भारतको अघोषित नाकाबन्दीले नेपाल कुनै एक मुलुकप्रति कति परनिर्भर रहेछौं भनेर आँखा खोलेको भन्दै उनले आत्मनिर्भरताका केही योजनाहरु अघि सानुभयो ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा मेट्रो रेलको तयारी तत्काल अघि बढाउने घोषणा गनुभएको छ। उहाँले सौर्य उर्जामार्फत एक वर्षमा २ सय मेघावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, विद्युतीय चुलो उत्पादन र इन्धनको भण्डारण क्षमता बढाउने बताउनुभयो ।

मिनी बजेटकै झल्को दिने गरी प्रधानमन्त्री ओलीले विकास कार्यक्रमहरु समेत घोषणा गनुभएको छ। उहाँले नेपालका आफ्नै उत्पादन प्रयोगलाई प्रोत्साहन गरिने बताउनुभयो । सरकारले स्वदेशी वस्तुको प्रयोगमा जोड दिने, चीनसँग जोड्ने बाटाहरुको स्तरोन्नति गर्ने र पूर्व(पश्चिम राजमार्गलाई चार लेनको बनाउने घोषणा गनुभयो ।

ओलीले मधेस आन्दोलन र नाकाबन्दीले भूकम्पले भन्दा ठूलो क्षति गरेको बताउनुभयो । उहाँले अब पुनर्निर्माण विधेयक पारित गरेर प्राधिकरण तत्काल गठन गर्ने समते बताउनुभयो । भूकम्प पीडित जनतालाई आवास दिइने र पीडितलाई दिने भनिएको दुई लाखको पहिलो किस्ता राहत तत्काल उपलब्ध गराउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जाडो अगाडि नै हिमाली भेगमा टहरा बनाइने समेत घोषणा गनुभयो ।
उहाँले मधेसमा आन्दोलन गरिरहेका दलहरुलाई तत्काल आन्दोलन फिर्ता लिएर वार्तामा बस्न आग्रह गनुभयो । त्यसैगरी उहाँले भारतलाई अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गर्नुभयो ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget