Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सभापति कोइरालाद्वारा छठको शुभकामना

काठमाडौँ, १ मङ्सिर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

छुट्टै मूल्य, मान्यता र विश्वाससहितको मौलिक संस्कृति बोकेको यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, सद्भाव र हार्दिकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउने आफ्नो विश्वास रहेको सभापति कोइरालाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

तराई–मधेसमा सञ्चालित आन्दोलन र छिमेकी मित्र राष्ट्र भारतबाट भएको नियन्त्रित आपूर्तिका कारण यस वर्षको छठ पर्व अभावका बीचमा मनाउनुपरेको उहाँले चर्चा गर्नुभएको छ ।

राष्ट्रका हरेक समस्यालाई आपसी संवाद, सहकार्य, एकता, मेलमिलाप र सहमतिका आधारमा समाधान गर्दै मुलुकलाई शान्ति, स्थायित्व, विकास र समृद्धिकोे मार्गमा पु¥याएर नेपाली जनतालाई सुखी र सम्पन्न बनाउन सकिने यथार्थलाई हामी सबैले आत्मसात् गर्नुपर्ने धारणा सभापति कोइरालाले व्यक्त गर्नुभएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget