
छठ पुजा हुने खोला, नहर तथा तलाउ आसपासमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरीएको मोरङ प्रहरीका प्रवत्ता डिएसपी प्रमोद खरेलले जानकारी दिनुभयो । जिल्ला भर साधा पोशाकमा समेत प्रहरी परिचालन गरीएको उहाँले बताउनुभयो ।
प्रहरीले दशैँ तिहारमा जस्तै विशेष योजना बनाएर मोरङमा सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको जनाएको छ । सामाजिक सद्भाव भड्काउने खालका गतिविधी कसैले गरे कारबाहीको दायरामा ल्याइने डिएसपी खरेलको भनाई छ । सुरक्षाका बारेमा ढुक्क हुँदै सचेत भएर छठ पर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।
Post a Comment